३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रविधिले यसरी खोस्यो रोजगार, अब के गर्ने ?

२५ कार्तिक २०७४, शनिबार ११:२२

कात्तिक २५, ताप्लेजुङ । “पहिले आराले काठ काटेर घरखर्च जुटाइन्थ्यो । अहिले त काठ काट्ने मेसिन आयो, पैसा कमाउने बाटो नै हरायो” सिरिजंघा– ७ का धनबहादुर सार्कीले भन्नुभयो । 

काम गर्नसक्ने उमेरदेखि नै काठ काटेर गुजारा चलाउँदै आउनुभएका सार्कीको घरमा अहिले खिया लागेको अवस्थामा काठ चिर्ने आरा झुण्डिएको छ । दुई/तीन वर्षअघिसम्म उक्त आरा उहाँको काँधमा हुन्थ्यो । सार्की घरदेखि एक दिनको पैदलदुरीमा समेत काँधमा आरा बोकेर काठ काट्न हिँड्ने गर्नुहुन्थ्यो । 

यता सोही ठाउँकै भीम लिम्बू भन्नुहुन्छ–“त्यो समयमा काठ काटेरै कमाएको पैसाले घर बनाइयो, जस्तापाताले घरको छाना ओढाइयो अहिले आराले काठ काट्ने जमाना हरायो । हातमा भएको सीप प्रयोग गर्न नपाउँदा पैसा कमाइ गर्ने बाटो नै बन्द छ ।” 

सिदिंवा गाउँपालिकाका दलबहादुर मरातीको कुरा पनि उस्तै छ । “अहिले गाउँगाउँमा काठ चिर्ने मेसिन चलाउन थाले, हाम्रो आरा घरमै थन्कियो,” मराती भन्नुहुन्छ । उनीहरुले काठ काटेरै महिनामा रु १५ हजारदेखि रु २० हजारसम्मको कमाइ गर्थे । 

यि तीनजना आरावाल त उदारण मात्रै हुनुहुन्छ । आराले काठ काट्ने सीपबाट नै गुजारा गरिरहेका पहाडी क्षेत्रका सयौँ मजदुरको रोजगार काठ चिर्ने मेसिनले खोसिदिएको छ । पछिल्लो समय सहज र सरल तरिकाले काठ काट्नका लागि मेसिनको प्रयोग हुन थालेपछि काठ काट्ने मजदुरले काम पाउनै छाडेका छन् । 

पहिले भवन निर्माणका लागि चाहिने काठ काट्न ठेक्का दिएरै आरावाललाई काठ काट्न लगाइन्थ्यो । अहिले मेसिन किन्न सक्नेले मात्र काठ काट्ने काम पाउने गरेका छन् । रु सत्तरी हजारभन्दा बढीको लगानीमा मेसिन खरिद गर्ने आँट प्रायः आरावालमा छैन् । कतिपयले मेसिन किन्न सके पनि उनीहरुमा मेसिन चलाउने सीप छैन । मेसिन चलाउने सीपका लागि तालीम र औजार खरिदमा कतैबाट सुविधा पाए सहज हुने उनीहरुको भनाइ छ । 

घरमा आरा थन्क्याएर बसेका स्थानीय कुमार गुरुङ भन्नुहुन्छ–“मेसिन खरिद र मेसिन चलाउने सीप विकासका लागि कतैबाट सुविधा पाए हामी जस्ता गरिबले भौतारिनुपर्ने थिएन ।” 

आजभोलि ग्रामीण क्षेत्रमा काठ चिर्ने मेसिन पुगेको छ । धेरै झन्झट नहुने साथै चाँडो र सरल तरिकाले काठ चिर्ने भएकाले चिर्ने मेसिनको प्रयोग बढ्दै गएको छ । आराले काठ काट्नेको रोजगार हराए पनि अर्कातिर मेसिन किनेर काम गर्नेले भने मनग्य आमदानी लिने गरेका छन् । 

मेसिन खरिद गरेर यसरी काम गर्दै आएका सिरिजंघा– ७ कै यामकुमार सार्कीले राम्रोसँग काम पाउँदा महिनामा रु ६०÷७० हजारसम्म कमाइ हुने गरेको बताउनुहुन्छ । 

मेसिनले ठूल–ठूला रुख पनि सहजै तरिकाले चिर्ने भएकाले काम गर्न निकै सहज हुने प्रयोगकर्ताको भनाइ छ । आराले काठ काट्दा आरा धरान थापेर त्यसमाथि मुढा राखेर दुई जनाको सहायताले चिरिन्छ । यो धेरै झन्झटिलो छ । तर मेसिनको प्रयोगले एउटै व्यत्तिले पनि सहजै गर्न सक्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ