२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रविधिले यसरी खोस्यो रोजगार, अब के गर्ने ?

२०७४, २५ कार्तिक शनिबार ११:२२

कात्तिक २५, ताप्लेजुङ । “पहिले आराले काठ काटेर घरखर्च जुटाइन्थ्यो । अहिले त काठ काट्ने मेसिन आयो, पैसा कमाउने बाटो नै हरायो” सिरिजंघा– ७ का धनबहादुर सार्कीले भन्नुभयो । 

काम गर्नसक्ने उमेरदेखि नै काठ काटेर गुजारा चलाउँदै आउनुभएका सार्कीको घरमा अहिले खिया लागेको अवस्थामा काठ चिर्ने आरा झुण्डिएको छ । दुई/तीन वर्षअघिसम्म उक्त आरा उहाँको काँधमा हुन्थ्यो । सार्की घरदेखि एक दिनको पैदलदुरीमा समेत काँधमा आरा बोकेर काठ काट्न हिँड्ने गर्नुहुन्थ्यो । 

यता सोही ठाउँकै भीम लिम्बू भन्नुहुन्छ–“त्यो समयमा काठ काटेरै कमाएको पैसाले घर बनाइयो, जस्तापाताले घरको छाना ओढाइयो अहिले आराले काठ काट्ने जमाना हरायो । हातमा भएको सीप प्रयोग गर्न नपाउँदा पैसा कमाइ गर्ने बाटो नै बन्द छ ।” 

सिदिंवा गाउँपालिकाका दलबहादुर मरातीको कुरा पनि उस्तै छ । “अहिले गाउँगाउँमा काठ चिर्ने मेसिन चलाउन थाले, हाम्रो आरा घरमै थन्कियो,” मराती भन्नुहुन्छ । उनीहरुले काठ काटेरै महिनामा रु १५ हजारदेखि रु २० हजारसम्मको कमाइ गर्थे । 

यि तीनजना आरावाल त उदारण मात्रै हुनुहुन्छ । आराले काठ काट्ने सीपबाट नै गुजारा गरिरहेका पहाडी क्षेत्रका सयौँ मजदुरको रोजगार काठ चिर्ने मेसिनले खोसिदिएको छ । पछिल्लो समय सहज र सरल तरिकाले काठ काट्नका लागि मेसिनको प्रयोग हुन थालेपछि काठ काट्ने मजदुरले काम पाउनै छाडेका छन् । 

पहिले भवन निर्माणका लागि चाहिने काठ काट्न ठेक्का दिएरै आरावाललाई काठ काट्न लगाइन्थ्यो । अहिले मेसिन किन्न सक्नेले मात्र काठ काट्ने काम पाउने गरेका छन् । रु सत्तरी हजारभन्दा बढीको लगानीमा मेसिन खरिद गर्ने आँट प्रायः आरावालमा छैन् । कतिपयले मेसिन किन्न सके पनि उनीहरुमा मेसिन चलाउने सीप छैन । मेसिन चलाउने सीपका लागि तालीम र औजार खरिदमा कतैबाट सुविधा पाए सहज हुने उनीहरुको भनाइ छ । 

घरमा आरा थन्क्याएर बसेका स्थानीय कुमार गुरुङ भन्नुहुन्छ–“मेसिन खरिद र मेसिन चलाउने सीप विकासका लागि कतैबाट सुविधा पाए हामी जस्ता गरिबले भौतारिनुपर्ने थिएन ।” 

आजभोलि ग्रामीण क्षेत्रमा काठ चिर्ने मेसिन पुगेको छ । धेरै झन्झट नहुने साथै चाँडो र सरल तरिकाले काठ चिर्ने भएकाले चिर्ने मेसिनको प्रयोग बढ्दै गएको छ । आराले काठ काट्नेको रोजगार हराए पनि अर्कातिर मेसिन किनेर काम गर्नेले भने मनग्य आमदानी लिने गरेका छन् । 

मेसिन खरिद गरेर यसरी काम गर्दै आएका सिरिजंघा– ७ कै यामकुमार सार्कीले राम्रोसँग काम पाउँदा महिनामा रु ६०÷७० हजारसम्म कमाइ हुने गरेको बताउनुहुन्छ । 

मेसिनले ठूल–ठूला रुख पनि सहजै तरिकाले चिर्ने भएकाले काम गर्न निकै सहज हुने प्रयोगकर्ताको भनाइ छ । आराले काठ काट्दा आरा धरान थापेर त्यसमाथि मुढा राखेर दुई जनाको सहायताले चिरिन्छ । यो धेरै झन्झटिलो छ । तर मेसिनको प्रयोगले एउटै व्यत्तिले पनि सहजै गर्न सक्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ