२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा २९ प्रतिशत बजेट विकासमा खर्च

२०७४, ९ मंसिर शनिबार ०९:४७

मङ्सिर ९, दाङ । यस जिल्लामा चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म करिब ३० प्रतिशत विकास बजेट खर्च भएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका अनुसार चालू आवको पहिलो चौमासिकसम्म २९.८५ प्रतिशत विकास बजेट खर्च भएको हो । जिल्लामा हालसम्म चालू आवका लागि रु चार अर्ब ७३ करोड ८२ लाख ५५ हजार १७० को अख्तियारी आएको प्रमुख कोष नियन्त्रण शुकदेवप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । 

कात्तिक समान्तसम्म जिल्लामा रु एक अर्ब ४१ करोड ४५ लाख ३२ हजार १६० खर्च भएको छ । तर अघिल्लो वर्षका विकास निर्माणका कामले भने गति लिन सकेका छैनन् । 

पेश्की लिएर पनि काम नगर्ने प्रवृत्तिले फिल्डमा भने काम सन्तोषजनक देखिएको छैन । मध्यपहाडी लोकमार्गमा भएको प्रगतिले मात्रै विकास सूचक सन्तोषजनक देखिएको हो, तर जिल्लाका अन्य विकास निर्माणमा भने यो अवस्था देखिएको छैन । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बाँस्कोटाका अनुसार औसतमा हेर्दा चार महिनामा ३३ प्रतिशत हुनुपर्ने हो तर यो विकास बजेट खर्च सन्तोषजनक नै हो । 

पहिलो चौमासिकमा विकाससम्बन्धी ठेक्का प्रक्रियामा जाने भएकाले काम कम हुने गर्छ । ठेक्का प्रक्रियामा समय लाग्ने भएकाले पनि विकासका काम शुरु नहुने उहाँको भनाइ छ । दोस्रो चौमासिकबाट विकासका काम बढी हुने गर्छन् । 

जिल्लामा कात्तिक मसान्तसम्म सबैभन्दा बढी विकास बजेट मध्यपहाडी लोकमार्गमा खर्च हुन पुगेको छ । लोकमार्गमा कात्तिक मसान्तसम्म रु एक अर्ब तीन करोडभन्दा बढी खर्च गरेको छ । 

कार्यालयका अनुसार साउन महिनामा रु पाँच करोड नौ लाख ८० हजार २०० विकास बजेट खर्च भएको छ । भदौ महिनामा रु १८ करोड ५४ लाख ९२ हजार नौ, असोज महिनामा रु ७१ करोड चार लाख ८१ हजार ११ र कात्तिक महिनामा रु ४६ करोड ७५ लाख ७८ हजार ४८ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

स्थानीय तह तथा संघ र प्रदेशको चुनावले गर्दा पनि कम खर्च भएको यसका जानकारहरु बताउँछन् । सबैको ध्यान निर्वाचनतर्फ रहेकाले पनि विकास निर्माण सुस्ताएको छ । 

स्थानीय तहहरुमा अहिलेसम्म उपभोक्ता समितिसमेत गठन हुन सकेका छैनन् । उपभोक्ता समिति गठन हुन नसकेर पनि विकास निर्माणका काम शुरु नभएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ