२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घाँसे मैदान बन्दै बझाङ विमानस्थल

२०७४, १६ मंसिर शनिबार १२:१४

मङ्सिर १६, बझाङ । जहाजले लामो समय सम्म उडान भर्न छोडेपछि यतीखेर बझाङको देवल विमान स्थल घाँसे मैदानको रुपमा प्रयोग भएको छ । 

नेपाल वायुसेवा निगमले बझाङलाई सडक संजाल जोडिएको भन्दै एक दशक अघि नै उडान रोकेको थियो । जहाज उडान विहिन उक्त विमान स्थलमा यतिखेर स्थानीयहरु दैनिक घाँस काट्ने गर्दछन । 

जयपृथ्वी नगर पालिका रिठापाटा गाउँ नजिकै २०१३ सालमा निर्माण भएको विमान स्थलमा जहाज उडान भर्न छोडेपछि हाल जिर्ण बन्दै गएको स्थानीय सागर खड्काले बताँए । 

जहाजले उडान भर्न छोडेपछि टावर घर भत्किएको अवस्थामा छ भने मैदानमा गाई गोरु छाडा छाड्ने गरेको पाइन्छ । करिव दुई हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण भएको देवल विमान स्थल बझाङ्ग जिल्ला विकास समितिका तत्कालिन सभापती मोतिलाल खड्काद्धारा उद्दघाटन भई निर्माण भएको बताँएको छ । 


विगतमा साप्ताहिक रुपमा जहाज उडान हुदा निकै सेवा प्रवाह भएको थियो स्थानीय प्रविन धामीले भने उडान रोकिएपछि छिटो छरितो रुपमा आवतजावत गर्न समस्या भएको छ । 

विमान स्थलमा जहाज उडान रोकिएपछि जिल्लाबाट गम्भीर विरामी अन्यत्र लैजान तथा अति आवश्यक कामको लागी आवतजावत गर्न कठिनाई भएको स्थानीयहरुको गुनासो रहीआएको  छ । जहाज अभावकै कारण बसको यात्रा गर्र्नु पर्ने भएकाले जिल्लाबाट रिफर गरिएका कतिपय विरामीहरुको बाटोमै नै मृत्यु गरेको छ । 

जहाज उडान हुदा धनगढी नेपालजंग लगाएतका ठाउँमा आवतजावत गर्न एक घण्टामै पुगिन्थ्यो भने उडान काटिएपछि बझाङबाट चार वटा जिल्ला घुमेर मात्र तराई पुगिन्छ । करिव २ किलो मिटर लामो सो विमान स्थलको घेरवार जिर्ण भएपछि चौपायाहरुको रजाई भएको देखिन्छ । उडान बन्द भएपछि जिल्ला स्तरिय खेलकुदका कार्यक्रमहरु समेत सोही विमान स्थलमा संचालन हुने गरेकाछन् ।

 बझाङबासीले सो विमान स्थल सुचारु गर्न पटक पटक आग्रह गर्दा पनि सरकारबाट कुनै सुनुवाई भएको छैन् । विमान स्थल सुचारु नहुदा बझाङको साईपाल,खप्तड,लगाएतका ठाउँमा घुम्न आउने पर्यटकहरुलाई समेत समस्या भएको छ । टेकेन्द्र बोहराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते