२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकको बरम्ची खोला आयोजनाबाट विद्युत उत्पादन सुरु

२०७४, १९ मंसिर मंगलवार १६:२४

मङ्सिर १९, चौतारा (रासस) | २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन सुरु भएको छ । 

खोलामा पानी घटेको कारण हाल १ दशमलब ८ देखि २ मेगावाट विद्युत उत्पादन भइ लामोसाँघुस्थित सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख एम थापाले जानकारी दिनुभयो । 

निजी क्षत्रको युनिक हाइडेल प्रालिद्वारा निर्माण भएको सो आयोजना ४ दशमलब २ मेगावाट क्षमताको छ । जुगल गाउँपालिकाअन्तर्गत साविक बरम्ची गाविसस्थित बरम्ची खोलामा सञ्चालित क्षतिग्रस्त सो आयोजनालाई मर्मत गरी २०७३ साउन ४ गते सञ्चालनमा ल्याइए पनि बाढी र पहिरोले तीन दिनपछि आयोजनालगायत सर्वसाधारणको कैयौं रोपनी जग्गा जमिन समेत पुरेको थियो । 

भू–गर्भविद्का अनुसार पेनस्टक पाइप राखिएको स्थान कमजोर भू–भाग भएका कारण करिब २५० मिटर सुरुङ मार्ग निर्माणको लागि अध्ययन गर्ने सोचाइ भइरहेको आयोजना प्रमुख थापाले बताउनुभयो । 

लामो समयसम्म आयोजना बन्द भई पटकपटक मर्मत गर्नु पर्दा आयोजनाले करोडौँ घाटा बेहार्नुपरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै