२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैकिङ्ग सेवा लिन सदरमुकाममै किन ?

२०७४, २६ मंसिर मंगलवार १७:०५

मंसिर २६, कालिकोट । नौ वटा स्थानीय तह रहेको कालीकोट का स्थानीय तहमा बैंक नहुँदा बैकिङ्ग कारोबार गर्न सदरमुकाममा नै आउनु पर्ने बाध्यता रहेको छ । 

स्थानीय तहमा बैंक नहुँदा गाउँपालिका र नगरपालिकाहरुले बैकिङ्ग कारोबार गर्न सदरमुकामा आउनु पर्ने बाध्यता रहेको छ । बैंकको कारण देखाउदै गाउँ गएको भनिएका सिंह दरबारहरु सदर–मुकाममै केन्द्रीत हुनु परेको बताइएको छ । 

जिल्ला सदरमुकाम मान्ममा ७ वटा बैंकहरुले सेवा दिइरहेको भए पनि जिल्ला रास्कोट नरपालिका, तिलागुफा नगर–पालिका, कालिका गाउँपालिका, नरहरीनाथ गाउँपालिका, शान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँ–पालिकामा कुनै बैंकहरु छैनन् । गाउँपालिका र नगरपालिकाहरु बैंक नहुँदा बैकिङ्ग सेवाका सबै काम गर्न दुई दिन हिँडेर सदरमुकाम आउनु पर्ने बाध्यता रहेको पलाता गाउँपा–लिका अध्यक्ष लक्ष्मण बमले बताए । ‘गाउँपालिकामा कुनै बैंकहरु छैनन्’ उनले भने, ‘बैंकहरु नहुदाँ सदरमुकाम नै आएर सबै काम गर्नुपर्छ ।’

गाउँपालिका र नगरपालिकामा बैंक नहुँदा गाउँपालिका र नगरपालिका करोडौं बजेट झोलामा बोकेर लैजानु पर्ने भएका कारणले असुरक्षा पनि निकै हुने गरेको शान्नीत्रिवेणी गाउँपालिकाका लेखापाल मलिम रावतले बताए । ‘गाउँमा बैंकहरु नै छैनन्’ उनले भने, ‘गाउँपालिकाको विकासे बजेट लगाएतका 

बजेट सदरमुकाम आएर झोलामा बोकेर लैजानुपर्छ । असुरक्षा पनि त्यतिकै बढेको छ ।’

जिल्लामा केही बैंकहरुले गाउँपालिका र नगरपालिका जाने खोजेको भए पनि गाउँमा सुरक्षित भवन नहुँदा जानका लागि केही कठिनाई भएको ग्लोवल आइएमई बैंकका प्रबन्धक काशी भण्डारीले बताए । ‘गाउँपालिका र नगरपालिका जानका लागि ती ठाउँमा सुरक्षित भवन छैनन्’ उनले भने, ‘सुरक्षाको पनि त्यतिकै समस्या रहेको छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ