२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगलागीमा परी छ चौपाया मरे, लाखौँको क्षति

२०७४, २९ मंसिर शुक्रबार ०३:१६

मङ्सिर २९, गौशाला । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका—४ रानी रतवारास्थित एक गोठमा बिहीबार आगलागी हुँदा छवटा चौपाया जलेर मरेका छन् भने दुईवटा चौपाया गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार रानी रतवारा निवासी सुभान्स रायको गोठमा भएको आगलागीमा परी गोठभित्र रहेका तीन भैँसी, तीन बाख्रा जलेर मरेका छन् भने दुईवटा गोरु गम्भीर घाइते भएका छन् । 

त्यस्तै, रायको गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने गोठभित्रका काठ, दाउरा, भुस, पराललगायत सबै सामग्री गरी रु छ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । 

आगलागी स्थानीय, प्रहरी र वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै