२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मान्ममा जिल्लास्तरीय सिकाइ मेला

२०७४, ७ पुष शुक्रबार १५:१९

पुस ७, कालीकोट | कालीकोट जिल्लामा विद्यार्थीहरुका लागि सिकाई मेला सुरु गरिएको छ । स्थानीयस्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम् उपयोग गरि शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यालयमा गुणस्तरीय सिकाई वातावरणको निर्माण तथा विद्यार्थीहरुको सिकाई उपलब्धी बृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले सिकाई मेला आयोजना गरिएको हो ।

युनिसेफ र विश्व शिक्षाको सहयोग र जिल्ला शिक्षा कार्यालय कालीकोट, जिल्ला प्रशासन कार्यालय कालिकोट, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय कालिकोट, जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको समन्वय तथा जिल्ला समन्वय समिति, राष्कोट नगरपालिका, र खाँडाचक्र नगरपालिकाको आयोजना तथा किर्डाक नेपाल कालीकोटको सहजीकरणमा जिल्ला स्तरीय शैक्षिक प्रर्दशनी तथा सिकाई मेला गरेको हो ।

मान्ममा रहेको जिल्ला समन्वय समितिको प्राङगणमा प्रदर्शन गरिएको सिकाइ मेलामा स्थानीयस्तरमा पाईने र पैसा नपर्ने सामाग्रीबाट बनाइएका विभिन्न शैक्षिक सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ । मेलामा स्थानीय सामाग्रीबाट बनाइएका १ हजारभन्दा बढी सामाग्री बनाएर प्रदर्शन गरिएको छ । मेलामा विभिन्न १८ वटा विद्यालयले आफ्ना विद्यालयमा तयार गरिएका शैक्षिक सामाग्रीहरु प्रदर्शन गरेका हुन् ।


सिकाइ मेलामा स्थानीय स्तरमा विद्यालयका शिक्षक शिक्षिकाहरुले बनाएका शैक्षिक सामग्री समेत प्रदर्शन गरिएको छ । जिल्लाका ६ वटा विद्यालय सहभागी भएको मेलामा प्रारम्भिक तहका बालबालिकाहरुले बनाएका सामाग्रीहरुको कार्यक्रममा सहभागी रहेका अतिथीहरु अवलोकन गरेका छन् । शुक्रबार भएको सिकाइ मेलामा जिल्लाको शैक्षिक अवस्था नाजुक हुँदै आएकोले यसलाइ सुधार गर्न सहयोग पुग्ने बताइएको छ ।

मेला उद्घाटन गर्दै प्रतिनिधिसभा साँसद दुर्ग रावतले बालबालिकाहरुलाई पढाइ मात्र नभई उनीहरुलाई स्थानीयस्तरमा बनाइने शैक्षिक सामाग्रीहरु प्रयोग गरी उनीहरुको ज्ञान र सीपलाइ अभिवृद्धी मेला सहयोगी बन्ने विश्वास गरे । उनले जिल्ला स्तरीय सिकाइ मेलामा आएका विद्यार्थीहरुको कला, सीप र क्षमतामा बिकास गर्ने बताए ।

सिकाइ मेलामा नेपाली र गणित विषयसंग सम्वन्धित शैक्षिक सामग्री प्रर्दशनी विभिन्न खेलहरुको प्रदर्शनी, पढाइ सिकाइसंग सम्वन्धित शैक्षिक सन्देश मुलक क्रियाकललाप, नाटक, नृत्यलगायतका प्रतिभाहरु विद्यार्थीहरुले प्रस्तुत गरेका छन् । मेला जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की