३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेलिबृज जडानपछि गाईघाट दिक्तेल यातायात सञ्चालन

९ पुष २०७४, आईतवार ०३:१५

पुस ९, गाईघाट, उदयपुर (रासस) | सगरमाथाको गाईघाट दिक्तल सडक मार्गअन्तर्गत उदयपुर र खोटाङ जिल्लाको बीचमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिबृज जडान कार्य सम्पन्न भएपछि शनिबारदेखि उदयपुरको सदरमुकाम गाईघाटबाट खोटाङको दिक्तेलसम्म सिधै यातायात सेवा सञ्चालन भएको छ । 

सुनकोशी नदीमा १५ दिन अघिदेखि जडान कार्य शुरु गरिएको बेलिबृज शनिबार बिहान सम्पन्न भएपछि गाईघाट दिक्तेल सडकखण्डमा यातायातका साधन सञ्चालन शुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका इञ्जिनियर कमलप्रसाद यादवले बताउनुभयो । 

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा खोलिएको उक्त बेलिबृज अहिले हिउँद लागेर पानीको बहाव घटेसँगै जडान कार्य भएर पुनः गाईघाट दिक्तेल यातायात सञ्चालन भएको गाईघाट दिक्तेल सडक कार्यालयले जनाएको छ । 

अब उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ र खोटाङदेखि सिधै उदयपुर हुँदै तराईका विभिन्न जिल्लासम्म यातायातका साधन सञ्चालन गर्न सहज भएको कारण यात्रुलाई पैदलयात्रा गर्न नपर्ने र यात्रा सहज भएको हिमाली यातायात व्यवसायी संघ उदयपुरका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । 

यस्तै तराईबाट उदयपुर भएर खोटाङसम्म विभिन्न दैनिक उपभोग्य वस्तु ढुवानी गर्न पनि सहज भएको खोटाङ बतासेका एक व्यापारी बद्रीकुमार श्रेष्ठ बताउनु हुन्छ । 

अहिलेसम्म पनि सुनकोशी नदीमा स्थायी पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा गाईघाट दिक्तेल सडकखण्डमा वर्षायाममा यातायात सुचारु नहुने हुनाले वर्षमा सात महिना उक्त सडकखण्ड बन्द हुने र हिउँदमा पाँच महिना सुनकोशी नदीमा बेलिबृजको जडानपछि मात्र यातायात सञ्चालन हुने हुनाले बेलिबृजको भरपर्दै आउन परेको कुरा यातायात व्यवसायी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’