२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेलिबृज जडानपछि गाईघाट दिक्तेल यातायात सञ्चालन

२०७४, ९ पुष आईतवार ०३:१५

पुस ९, गाईघाट, उदयपुर (रासस) | सगरमाथाको गाईघाट दिक्तल सडक मार्गअन्तर्गत उदयपुर र खोटाङ जिल्लाको बीचमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिबृज जडान कार्य सम्पन्न भएपछि शनिबारदेखि उदयपुरको सदरमुकाम गाईघाटबाट खोटाङको दिक्तेलसम्म सिधै यातायात सेवा सञ्चालन भएको छ । 

सुनकोशी नदीमा १५ दिन अघिदेखि जडान कार्य शुरु गरिएको बेलिबृज शनिबार बिहान सम्पन्न भएपछि गाईघाट दिक्तेल सडकखण्डमा यातायातका साधन सञ्चालन शुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका इञ्जिनियर कमलप्रसाद यादवले बताउनुभयो । 

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा खोलिएको उक्त बेलिबृज अहिले हिउँद लागेर पानीको बहाव घटेसँगै जडान कार्य भएर पुनः गाईघाट दिक्तेल यातायात सञ्चालन भएको गाईघाट दिक्तेल सडक कार्यालयले जनाएको छ । 

अब उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ र खोटाङदेखि सिधै उदयपुर हुँदै तराईका विभिन्न जिल्लासम्म यातायातका साधन सञ्चालन गर्न सहज भएको कारण यात्रुलाई पैदलयात्रा गर्न नपर्ने र यात्रा सहज भएको हिमाली यातायात व्यवसायी संघ उदयपुरका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । 

यस्तै तराईबाट उदयपुर भएर खोटाङसम्म विभिन्न दैनिक उपभोग्य वस्तु ढुवानी गर्न पनि सहज भएको खोटाङ बतासेका एक व्यापारी बद्रीकुमार श्रेष्ठ बताउनु हुन्छ । 

अहिलेसम्म पनि सुनकोशी नदीमा स्थायी पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा गाईघाट दिक्तेल सडकखण्डमा वर्षायाममा यातायात सुचारु नहुने हुनाले वर्षमा सात महिना उक्त सडकखण्ड बन्द हुने र हिउँदमा पाँच महिना सुनकोशी नदीमा बेलिबृजको जडानपछि मात्र यातायात सञ्चालन हुने हुनाले बेलिबृजको भरपर्दै आउन परेको कुरा यातायात व्यवसायी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ