२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब सिधै दाङबाट काठमाडौँ समिट एयरमा सरर… (भाडादरसहित)

१४ पुष २०७४, शुक्रबार ०३:५२

पुस १४, दाङ । चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । 

विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा पर्ने गरेको टरिगाउँ विमानस्थलमा फेरि हप्तामा दुई पटक निजी विमान कम्पनीको सहकार्यमा पुस २३ गतेदेखि हवाई उडान हुने भएको छ । 

विसं २०१६ मा निर्माण भएको विमानस्थल यहाँका राजनीतिक दलको दबाबमा धावनमार्ग कालोपत्र भएसँगै तुलसीपुर उद्योग वाणिज्य संघले उडानको जिम्मा लिएपछि सञ्चालनमा आएको तुलसीपुर–काठमाडौँ हवाई सेवा अनिश्चित भएको थियो । 

पहिले हवाई सेवा सञ्चालनका लागि टिकट बिक्रीको समेत जिम्मा लिएको उद्योग वाणिज्य संघले अबदेखि त्यसो गर्न नसकिने भनेपछि यहाँ उडान भर्दै आएको गोमा एयरले हवाई सेवा निरन्तरता दिन अनिच्छा देखाएको थियो । 

त्यसैबीच, लामो समयको छलफल र गृहकार्यपछि हप्तामा दुई दिन निजी विमानले उडान भर्ने सहमति भएको बताएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र समिट एयरका सिइओ मनोज कार्कीले बिहीबार काठमाडौँमा सहमति गरेपछि विमान सञ्चालनमा आउने भएको हो । 

सहमतिअनुसार तत्कालका लागि सातामा दुईपटक आइतबार र शुक्रबार विमान उडाउने सहमति भएको हो । तुलसीपुरदेखि काठमाडौँसम्म सिधा उडान हुने सहमति भएको पनि प्रमुख पाण्डेले बताउनुभयो । “अहिलेलाई काठमाडाँैबाट आउँदा १६ र जाँदा १८ यात्रु बोक्ने गरी सहमति भएको छ”, पाण्डेले भन्नुभयो । 

हाल दाङ—काठमाडौका लागि भाडा रु ६ हजार ६०० र काठमाडौ—दाङका लागि सात हजार भाडा तोकिए पनि दैनिक उडान भएपछि केही घट्ने बताइएको छ । 

पाण्डेले भन्नुभयो, “अहिले भाडा यही तय भएको छ, यात्रुको चाप र उडान थपपछि केही थपघट हुन सक्छ ।” यस अघि प्रमुखले आफूले सय दिनमा तुलसीपुरमा हवाई सेवा शुरु गर्ने उद्घोष गर्नुभएको थियो । 

तुलसीपुरमा कालोपत्रे एयरपोर्ट हँुदा पनि नियमित हवाई सेवा नहँुदा यहाँका स्थानीयवासी नेपालगन्ज र भैरहवाबाट यात्रा गर्न बाध्य थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ