३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन नेताले शिलान्यास गरेको भवन ७५ प्रतिशत पुरा

१४ पुष २०७४, शुक्रबार ०७:१३

पुस १४, भद्रपुर ।  दुई वर्षभित्र निर्माण गर्ने उद्देश्यले तीन नेताले सामुहिकरूपमा शिलान्यास गरेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको ७५ प्रतिशत काम सम्पन्न भएको छ । 

मेची रंगशालाको पश्चिम, महेन्द्रपार्कदेखि उत्तरतर्फ खाली जग्गामा कूल रु १२ करोड ७२ लाख ६९ हजार लागतमा अत्याधुनिक एवं अन्तर्राष्ट्रियस्तरको सभागृहको शिलान्यास विसं २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला तथा पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुहिकरूपमा गर्नुभएको थियो । 

त्रिपन्न मिटर लामो र ३४ मिटर चौडाइको सो सभागृहको पहिलो तलामा व्यावसायिक उद्देश्यका २७ वटा कोठा, दोस्रो तलामा तीन वटा बैंक अट्ने कोठा र तेस्रो तलामा सभाका लागि एक हजार मानिस अट्ने बातानुकूलित भवन बन्ने निर्माण कम्पनी प्रेरा–शाहा जेवीले जनाएको छ । 

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको खाली जग्गामा गिरिजाप्रसाद कोइराला स्मृति सभागृह निर्माण गर्न तत्काल केही विवाद उत्पन्न भए पनि तत्कालीन स्थानीय विकास अधिकारी फणीन्द्र दाहाल तथा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको पहलमा राजनीतिक दलहरुबीच सहमति गरेर सो भवन निर्माण कार्य अघि बढाइएको थियो । 

भवन निर्माण गर्न तत्काल जिल्ला विकास समितिले सो स्थानलाई खाली गराउन करिब आठ महिना समय खर्चेपछि निर्माण कम्पनीले भवन शुरु गर्नु र निर्माण कम्पनीले समयमा पाउनुपर्ने भुक्तानी पनि नपाएकाले निर्माणमा केही ढिला हुन गएको जिल्ला इञ्जिनियर प्रमुख सुशील श्रेष्ठले बताउनुभयो । 

भवन निर्माण कम्पनीका प्रोप्राइटर रञ्जित साहले तोकिएकै समयमा भवन निर्माण गर्न आफूले काम गरिरहे पनि जिल्ला समन्वय समितिले बजेट निकासा र जग्गा खाली गराउन गरेको ढिलाइमा खर्च भएको समयअवधि थप्नु पर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’