२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणी नदिबाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी हुँदै, प्रहरी प्रशासन मौन

२०७४, १७ पुष सोमबार १२:४८

श्याम थापा/पुस १७, सुस्ता । नारायणी नदिबाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको छ । 

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका अन्तर्गत पक्लिहवामा स्थित नारायणी नदि बाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको छ भने प्रहरी प्रशासन मौन रहेको छ । 

पक्लिहवामा रहेको ठोक्कर न.२,३,४ र ५ अगाडि  नारायणी नदि बाट प्रहरी चौकी रामनगर का इन्चार्ज राम सेवक यादवको मिलोमतोमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको स्थानीयहरुले बताएका छन । 


नारायणी नदि बाट यस्तो अवैध कार्य भैरहेको भन्दै पटक पटक प्रहरी प्रशासनलाई खबर गर्दा पनि कानमा तेल हाली मुखदर्शक बनेको भन्दै पक्लिहवाबासीले आरोप पनि लगाएका छन । 

नारायणी नदि बाट साझ र दिउँसो गरि दैनिकी रूपमा ८० देखि १०० टाली गिट्टी,बालुवा र ढुंगा निकासी गरि स्थानीय दलालहरुले सुस्ता गाउँपालिकाका अन्य वडाहरु मात्र नभई नजिकको भारत सम्म लगि बिक्री गरिरहेको स्थानीयबासीहरुले बताएका छन । 

स्थानीयहरुलाई आफ्नो गाउँ घरको घरायसी कार्यको लागि नारायणी नदि बाट गिट्टी बालुवा र ढुंगा निकालेर ल्याउने बखतमा प्रहरीहरु आएर पकडने गरेको र सोही कार्य स्थानीय दलालहरुले गर्दा प्रती टाली २ सय का दरले रामनगर प्रहरी चौकीका ईन्चार्ज राम सेवक यादवले पैसा खाई ट्याक्टर टाली छोड्ने गरेको स्थानीयबासीहरुले गुनासो पनि गरेका छन । यति खेर स्थानीय दलाल र प्रहरीले नारायणी नदिमा रातिको समय प्रयोग गरि अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी गराइ रहेको छ । 

नारायणी नदि बाट अवैध रुपमा निकासी भएको गिट्टी बालुवा र ढुंगाको कारणले गर्दा पक्लिहवाका स्थानीयबासीहरुको खेतीयोग्य जग्गाहरु कटान भै क्षति हुने र गण्डक कमाण्ड क्षेत्रका साबिकका गा.बि.स हरु पक्लिहवा, नर्सही, गुठिप्रसौनी, गुठिसुर्यपुरा, त्रिबेणि सुस्ता, रुपौलिया, बैदौली, खैरट्वा, सोमनी, भुजहवा लगायतका १३ वटा साबिक गा.बि.स हरु डुबानमा पर्ने पनि बढी सम्भावना रहेको गण्डक नदि नियन्त्रण सघर्ष समिति नवलपरासीका अध्यक्ष कृष्ण बाहादुर थापाले बताउनु भयो । 

साथै सो अवैध रूपमा नारायणी नदि बाट निकासी भैरहेको गिट्टी बालुवा र ढुंगा लाई रोक लगाउनको लागि पक्लिहवाका स्थानीयबासिहरुले सुस्ता गाउँपालिकाका प्रमुख राम प्रसाद पाण्डेलाई आग्रह पनि गरेका छन । 

सो नारायणी नदिबाट भइरहेको गिट्टी बालुवा र ढुङ्गा चोरी कार्यलाई तत्काल रोक नलगाए प्रहरी प्रशासनको कडा  बिरोधमा उतर्ने पक्लिहवाबासीहरुले चेतावनी पनि दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ