३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणी नदिबाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी हुँदै, प्रहरी प्रशासन मौन

१७ पुष २०७४, सोमबार १२:४८

श्याम थापा/पुस १७, सुस्ता । नारायणी नदिबाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको छ । 

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका अन्तर्गत पक्लिहवामा स्थित नारायणी नदि बाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको छ भने प्रहरी प्रशासन मौन रहेको छ । 

पक्लिहवामा रहेको ठोक्कर न.२,३,४ र ५ अगाडि  नारायणी नदि बाट प्रहरी चौकी रामनगर का इन्चार्ज राम सेवक यादवको मिलोमतोमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको स्थानीयहरुले बताएका छन । 


नारायणी नदि बाट यस्तो अवैध कार्य भैरहेको भन्दै पटक पटक प्रहरी प्रशासनलाई खबर गर्दा पनि कानमा तेल हाली मुखदर्शक बनेको भन्दै पक्लिहवाबासीले आरोप पनि लगाएका छन । 

नारायणी नदि बाट साझ र दिउँसो गरि दैनिकी रूपमा ८० देखि १०० टाली गिट्टी,बालुवा र ढुंगा निकासी गरि स्थानीय दलालहरुले सुस्ता गाउँपालिकाका अन्य वडाहरु मात्र नभई नजिकको भारत सम्म लगि बिक्री गरिरहेको स्थानीयबासीहरुले बताएका छन । 

स्थानीयहरुलाई आफ्नो गाउँ घरको घरायसी कार्यको लागि नारायणी नदि बाट गिट्टी बालुवा र ढुंगा निकालेर ल्याउने बखतमा प्रहरीहरु आएर पकडने गरेको र सोही कार्य स्थानीय दलालहरुले गर्दा प्रती टाली २ सय का दरले रामनगर प्रहरी चौकीका ईन्चार्ज राम सेवक यादवले पैसा खाई ट्याक्टर टाली छोड्ने गरेको स्थानीयबासीहरुले गुनासो पनि गरेका छन । यति खेर स्थानीय दलाल र प्रहरीले नारायणी नदिमा रातिको समय प्रयोग गरि अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी गराइ रहेको छ । 

नारायणी नदि बाट अवैध रुपमा निकासी भएको गिट्टी बालुवा र ढुंगाको कारणले गर्दा पक्लिहवाका स्थानीयबासीहरुको खेतीयोग्य जग्गाहरु कटान भै क्षति हुने र गण्डक कमाण्ड क्षेत्रका साबिकका गा.बि.स हरु पक्लिहवा, नर्सही, गुठिप्रसौनी, गुठिसुर्यपुरा, त्रिबेणि सुस्ता, रुपौलिया, बैदौली, खैरट्वा, सोमनी, भुजहवा लगायतका १३ वटा साबिक गा.बि.स हरु डुबानमा पर्ने पनि बढी सम्भावना रहेको गण्डक नदि नियन्त्रण सघर्ष समिति नवलपरासीका अध्यक्ष कृष्ण बाहादुर थापाले बताउनु भयो । 

साथै सो अवैध रूपमा नारायणी नदि बाट निकासी भैरहेको गिट्टी बालुवा र ढुंगा लाई रोक लगाउनको लागि पक्लिहवाका स्थानीयबासिहरुले सुस्ता गाउँपालिकाका प्रमुख राम प्रसाद पाण्डेलाई आग्रह पनि गरेका छन । 

सो नारायणी नदिबाट भइरहेको गिट्टी बालुवा र ढुङ्गा चोरी कार्यलाई तत्काल रोक नलगाए प्रहरी प्रशासनको कडा  बिरोधमा उतर्ने पक्लिहवाबासीहरुले चेतावनी पनि दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’