३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मनाङको तिल्चे गाउँमा पहिलोपटक मोटर पुग्यो

२० पुष २०७४, बिहीबार ०७:५१

पुस २०, मनाङ । मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे । 

मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ वरीबाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको अवस्थामा गतवर्षबाट मोटरेबल पुल बनेपछि गाउँलेको पहल र सडक डिभिजन दमौलीको सहयोगमा गाउँसम्म बाटो पु¥याइएको थियो । 

धेरै वर्षको प्रयासपछि यस गाउँमा मोटर पुगेको छ । मनाङको नासोङ गाउँपालिका वडा नं ६, र ७ मा मोटर पुग्दा गाउँले ज्यादै हर्षित देखिएका छन् । सडक डिभिजनले रु छ करोडको लगानीमा मस्र्याङ्दी नदीमा मोटरेबल पुल निर्माण गरेपछि ऐतिहासिक व्यापारिक केन्द्र मोटर पुगेको शिक्षक महासंघ मनाङका अध्यक्ष गुणराज गुरुङले बताउनुभयो । 

यो मनास्लु पदमार्गमा भएको पहिलो विकास हो । मस्र्याङ्दी नदी र दूधखोलाको किनारैकिनार भएर भिङ्ताङ पु¥याउने लक्ष्य रहेको यस मोटरबाटो अझै पूरा भइसकेको छैन । मस्र्याङ्दी नदीमा पुल बने पनि दूध खोलामा निर्माणाधीन अवस्थामा रहेको नासोङ गाउँपालिका अध्यक्ष चन्द्रबहादुर घलेले बताउनुभयो । 

तिब्बतबाट नून खरिद गरी यस ठाउँमा राख्ने र लमजुङ, तनहुँ र कास्कीलगायतका ठाउँका मानिस गएर चामलसँग नून साटेर ल्याउने ऐतिहासिक व्यापारिक केन्द्रका रुपमा रहेको यस गाउँमा पहिलोपटक मोटर पुगेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’