३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीको पत्ताल भुमेश्वरमा मूलगेट बनाउँदै प्रवासी युवा

२१ पुष २०७४, शुक्रबार ०४:१९

पुस २१, बैतडी (रासस) | बैतडीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार सुर्नया गाउँपालिका– २, सिउडेमा बिहीबार मूल गेटको शिलान्यास गरिएको छ । 

सुर्नया गाउँपालिका वडा नं २ का वडाध्यक्ष हर्कबहादुर पाण्डेय र समाजसेवी तथा पिजास देवताका धामी धनबहादुर चन्दले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । 

प्रवासमा रहेका बैतडीका युवाले सामाजिक सञ्जालबाट संकलन गरेको रकमबाट उक्त गेट निर्माण हुन लागेको हो । प्रवासमा रहेका युवाले हालसम्म रु दुई लाख दुई हजार ५८ संकलन गरेका छन् भने संकलन कार्य जारी राखेका छन् । 

मूलगेटको शिलान्यास कार्यक्रमपश्चात् बोल्नुहँुदै सुर्नया गाउँपालिका–२ का वडाध्यक्ष हर्कबहादुर पाण्डेयले रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा सम्वद्र्धनका लागि सामाजिक सञ्जालबाट आर्थिक संकलन कार्य निकै सह्राहनीय कार्य भएको बताउनुभयो । 

सुर्नया गाउँपालिका–२ मा रहेको नेपालकै गहिरो पत्ताल भुमेश्वर गुफा रहेको तथा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रचारप्रसारका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाले गत मंसिर १५ गतेदेखि पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाइन अभियान नाम दिएर उक्त रकम संकलन गरेका हुन् । 

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको सम्बन्धित निकायले संरक्षण, विकास, प्रवद्र्धन तथा प्रचारप्रसार गर्न स्थानीय तह तथा सम्बन्धित निकायले खासै पहल नगर्दा प्रवासमा रहेका युवा एकजुट भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’