२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झापामा भत्किएका नहरका संरचना मर्मत सम्भार हुँदै

२०७४, २१ पुष शुक्रबार ०४:४३

पुस २१, भद्रपुर । चार वर्षअघि भत्किएका नहरका संरचनालाई पुनःनिर्माण गर्न सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरले तदारुकतासाथ लागिपरेको छ । 

झापाको गौरीगञ्ज गाउँपालिकाअन्तर्गत रहेको तल्लो किस्ने खोलाबाट सिँचाइका लागि विसं २०५७ मा बनाइएको नहरको हेडवक्र्स विसं २०७० को बाढीले ध्वस्त बनाएपछि त्यस क्षेत्रका जनता सिँचाइबाट बञ्चित भएका थिए । 

गौरीगञ्ज र जुरोपानी क्षेत्रका करिब एक हजार ५०० हेक्टर जग्गामा सिँचाइ हुने सो नहरको हेडवक्र्स निर्माण गर्न रु चार करोड ७७ लाख ७८ हजारमा निर्माण गर्न कनकाई÷एलपीएस जेभी र नहर सञ्चालनका लागि थप निर्माण गरिने संरचनाका लागि रु तीन करोड ५३ लाख लागतमा निर्माण गर्न याकथुमहाङ÷एसएएस सत्तासी जेभीलाई ठेक्का दिइसकेको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख ईश्वरीप्रसाद तिवारीले जानकारी दिनुभयो । 

निर्माण हुने संरचना अगामी विसं २०७६ असार महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने यसका लागि निर्माण कम्पनीलाई द्रुतगतिमा काम अघि बढाउन डिभिजन प्रमुख तिवारीले निर्देशन दिनुभयो । 

छ किमी लामो र छवटा शाखा रहेको सो नहरको संरचना पहिलेभन्दा बलियो बनाउने र यसका लागि चाहिने विज्ञ, प्राविधिक, इञ्जिनियरले सूक्ष्मरुपमा अध्ययन गरिरहेको संरचनाका बारेमा शंका नगर्न पूर्वाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयका निर्देशक मोहनकुमार शाक्यले बताउनुभयो । 

नहर जल उपभोक्ता समितिका अध्यक्ष घनश्याम रिजालले यो नहर निर्माण यहाँका जनताको जीवन मरणको सवाल भएकाले यसलाई आगामी दिनमा दुरुस्त राख्नु गर्नुपर्ने उपाय अवलम्बन गर्न सिँचाइ विकास डिभिजन कार्यालयलाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै