२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यवसाय गर्ने चाहाना भएकाहरुलाई सल्यानमा उद्यमशिलता विकास तालिम

२०७४, २३ पुष आईतवार १३:१४

पुस २३, सल्यान | घरेलु तथा साना उद्योग विकास समिती सल्यानले सम्बन्धीत स्थानीय तहसंगको संयुक्त आयोजनामा जिल्लाभर उद्यमशिलता विकास तालिम सञ्चालन गरेको छ । व्यवसाय गर्ने चाहाना भएका युवायुवतीहरुका लागी तालिम सञ्चालन गरिएको कार्यालयले जानकारि दिएको छ ।

जिल्लाको शारदा नगरपालिका तथा त्रिवेणि, ढोरचौर, छत्रेश्वरि, कालिमाटी गाउँपालिकामा तालिम सम्पन्न भइसकेको जनाउँदै निमित्त वरिष्ट उद्योग अधिकृत लोक बहादुर वस्नेतले कपुरकोट गाउँपालिकामा पनि १० दिने तालिमको आज आइतबार समापन गरिएको बताए ।

तालिममा सफल उद्यमी बन्नका लागि आवश्यक पर्ने गुणहरु, उद्यम गर्ने तरिका र विधि, उद्यमका लागि आवश्यक पूर्वतयारी, व्यवसाय, उद्यमी र उद्यमशीलता, लघु, घरेलु तथा साना व्यवसायमा आउने समस्या, चुनौती र समाधानका उपाय, सफल उद्यमीका विशेषताहरु, माग र आपूर्तिमा आधारित व्यवसायिक खेल, बजार र बजारीकरण तथा विक्री रणनिती, व्यवसायिक योजनाबारे जानकारी, एकीकृत व्यवसाय व्यवस्थापनको अवधारण र प्रक्रिया जस्ता विषयमा प्रशिक्षण दिइएको थियो ।


कपुरकोट गाउँपालिका भित्रका २० जनाको सहभागीता रहेको तालिम गत पुस १३ गते शुरु भएको थियो । तालिममा सहभागीहरुले छनौट गरेर उद्यम गर्न चाहेमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताएका छन् ।

तालिम समापन कार्यक्रममा कपुरकोट गाउँपालिकाका पमुख प्रशाशकीय अधिकृत सुवास रिजाल, वडा नम्बर तीनका वडाध्यक्ष मिन बहादुर सेन, लेखापाल विष्णु आचार्य, नासु जीवराज खत्री लगाएतकाले बोल्दै तालिमका सहभागीहरुलाइ अब जिल्लामा उदाहरणीय उद्यमी बनेर देखाउन शुभकामना दिएका थिए । साथै सहभागीहरुलाइ प्रमाणपत्र पनि प्रदान गरिएको थियो । अव बाँकी रहेका वन्गाड कुपिण्डे र बागचौर नगरपालिका तथा दार्मा र कुमाखमालिका गाउँपालिकामा पनि यस प्रकारको तालिम सञ्चालन गरिने वरिष्ट उद्योग अधिकृत लोक बहादुर वस्नेतले जानकारि गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ