२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा व्यापारिक तथा औद्योगिक महोत्सव शुरु

२०७४, २९ पुष शनिबार ११:२६

पुस २९, दाङ । ‘कृषि, उद्योग, व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान’ भन्ने मूल नाराका साथ दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगिक तथा व्यापारिक महोत्सव शुक्रबारदेखि यहाँ शुरु भएको छ । 

राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकस्थित निमार्णाधीन बसपार्कमा शुरु भएको सो महोत्सवमा डेढ सय भन्दा बढी स्टल राखिएको आयोजकले जनाएको छ । 

सबै स्टल बुकिङ भइसकेको र स्टलका व्यापारीसमेत महोत्सवस्थलमा आइसकेको महोत्सव मूल आयोजक समितिका अध्यक्ष भीमबहादुर मरासिनीले जानकारी दिनुभयो । 

महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन, बाल उद्यान रमाइलो मेला, विभिन्न खालका प्रतियोगिताको प्रतिस्पर्धा गराइने छ । यसका साथै राप्तीका समग्र पर्यटन प्रवद्र्धन र विकासका लागि राप्ती नदीमा ¥याप्टिङ गराउने महोत्सवका मुख्य आकर्षक रहने छन् । 

महोत्सव अवधिभर ख्याति प्राप्त केन्द्रीय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकार गीतसंगितको प्रस्तुति र राप्ती आइडल प्रतियोगितासमेत हुने कार्यक्रमका निर्देशक विराज विष्टले जानकारी दिनुभयो । इन्द्रणी युवा क्लबको भवन निमार्णका लागि आयोजना गरिएको सो महोत्सव ११ दिनसम्म सञ्चालन हुने बताइएको छ । 

शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कृषि, ऊर्जा एवं पर्यटनलगायत समग्र क्षेत्रको विकास गर्ने लक्ष्य महोत्सवको छ । 

करिब तीन लाख दर्शकले अवलोकन गर्ने तथा रु दुई करोडको कारोबार हुने अनुमान गरिएको सो महोत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै