३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कास्कीको सिक्लेसले नियमित विद्युत् उत्पादन गर्ने

४ माघ २०७४, बिहीबार ११:४६

माघ ४, कास्की | कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा निर्माण सम्पन्न सिक्लेस जलविद्युत् आयोजनाले अबको पाँच दिनपछि नियमित रुपमा विद्युत् उत्पादन गर्ने भएको छ । 

डेढ महिनादेखि परीक्षण उत्पादन गर्र्दै आएको उक्त आयोजनाको परीक्षण उत्पादन सफल भएकाले सोमबारदेखि नियमित विद्युत् उत्पादन गर्ने र विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिनुभयो । 

केसी कन्स्ट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघिदेखि शुरु गरेको सो आयोजनाबाट १३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कूल रु दुई अर्ब पाँच करोडको लागतमा उक्त आयोजना निर्माण गरिएको हो । सिक्लेस गाउँ नजिकैको मड्क्यू खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट पानी तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ किमी केभी प्रसारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सवस्टेशनमा जोडिएको छ । 

रन अफ द रिभर प्रविधिमा बनेको सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रति युनिट रु सात र वर्षायामको समयमा प्रतियुनिट रु चारमा विद्युत् खरिद बिक्री गर्ने सम्झौता गरेको निर्देशक केसीले बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’