२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आन्तरिक राजश्व कार्यालय झापाको राजश्व असुलीमा बृद्धि

२०७४, १० माघ बुधबार १०:१५

माघ १०, भद्रपुर | आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले चालू आवको पहिलो छ महिनामा रु एक अर्ब १५ करोड ४० लाख ५५ हजार राजश्व संकलन गरेको छ । 

रु एक अर्ब ११ करोड ४१ लाख ५२ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले उक्त अवधिमा रु चार करोड बढी राजश्व संकलन गर्न सफल भएको हो । 

मेची अञ्चलभित्र रहेका करदाता सेवा कार्यालय इलाम र दमकसहितका कार्यालयबाट विभिन्न शीर्षकमा संकलित उक्त रकममध्ये आयकरतर्फ रु ४९ करोड २४ लाख ८२ हजार, बहाल करतर्फ रु चार करोड ८२ लाख ८८ हजार र ब्याज करतर्फ रु चार करोड ६९ लाख ५२ हजार रहेका छन् । 

त्यस्तै, मूल्यअभिवृद्धि करतर्फ रु ३७ करोड ३८ लाख ९६ हजार, अन्त शुल्कतर्फ रु १४ करोड ८१ लख ६४ हजार, स्वस्थ्य सेवा शुल्क रु ३३ करोड आठ लाख ५० हजार र शिक्षा सेवा शुल्कबाट रु १० करोड ४२ लाख तीन हजार राजश्व संकलन भएको कार्यालय प्रमुख बोलराज आचार्यले जानकारी दिनुभयो । 

कार्यालयलाई आव २०७४÷७५ मा रु दुई अर्ब तीन करोड राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै