२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चैनपरको सिद्धकालीमा धर्मशालाको शिलान्यास

२०७४, ११ माघ बिहीबार ०२:५८

माघ ११, संखुवासभा । पूर्वी नेपालकै चर्चित चैनपुरको शक्तिपीठ सिद्धकाली मन्दिर परिसरमा निर्माण हुने पक्की ट्रससहितको एक तले धर्मशालाको शिलान्यास गरिएको छ । 

चैनपुर नगरपालिका वडा नं ६ निवासी स्व सिंहमान श्रेष्ठको सम्झनामा उहाँका परिवारजनको सक्रियतामा निर्माण गरिने उक्त धर्मशालाको चैनपुर नगरपालिकाका प्रमुख एवं सिद्धकाली मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष भरतकुमार खत्रीले बुधबार शिलान्यास गर्नुभयो । 

करिब रु आठ लाखको लागतमा धर्मशाला निर्माण गर्न लागिएको चैनपुर नपा वडा नं ३ का वडाध्यक्ष बलबहादुर अधिकारीले जानकारी दिनुभयो । 

अधिकारीका अनुसार स्व श्रेष्ठको सम्झनामा उहाँका छोरा दिलीपसिंह र श्रीमती जया तथा चन्द्रशेखर श्रेष्ठको छोरा रविको संयुक्त लगानीमा धर्मशाला निर्माण गर्न लागिएको हो । 

तीन महिनाभित्र धर्मशाला निर्माण गरिसक्ने लक्ष्य राखिएको मन्दिर संरक्षण तथा संवद्र्धन समितिले जनाएको छ । धर्मशाला निर्माणसँगै मन्दिरमा तीर्थ व्रत गर्न आउने भक्तजनलाई सहज हुने मन्दिरका पुजारी टंकनाथ महन्तले बताउनुभयो । 

तोकिएको सेवा सुविधा उपलब्ध गराउन माग 

यसैबीच, चैनपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालय एवं बालविकास सिकाइ केन्द्रमा कार्यरत बाल शिक्षिकाले तोकिएको सेवा सुविधा उपलब्ध गराउन माग गर्दै बुधबार नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । 

सरकारले बालशिक्षालाई विद्यालय तह संरचनामा गाभेसँगै प्रोत्साहन भत्ताका रुपमा मासिक रु छ हजार मात्र दिएर काममा लगाएको भन्दै न्यूनतम पारिश्रमिक, आइएलओ महासन्धिअनुसार तलब स्केल कायम गरी सेवा सुविधा उपलब्ध गराउन माग गर्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् । 

क्षमता अभिवृद्धिसम्वन्धी तालिम उपलब्ध गराउन, पोशाक भत्ताको व्यवस्था गरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकशिक्षिका सरहको सेवा सुविधा उपलब्ध गराउन माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाइएको बाल विकास सहयोगी कार्यकर्ता हकहित संरक्षण नगर समितिका अध्यक्ष मनमाया राईले जानकारी दिनुभयो । 

चैनपुर नगरपालिका क्षेत्रभित्र ४६ जना बालविकास सहयोगी कार्यकर्ता कार्यरत रहेको सो संस्थाका सचिव चेतना भट्टराईले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ