३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चैनपरको सिद्धकालीमा धर्मशालाको शिलान्यास

११ माघ २०७४, बिहीबार ०२:५८

माघ ११, संखुवासभा । पूर्वी नेपालकै चर्चित चैनपुरको शक्तिपीठ सिद्धकाली मन्दिर परिसरमा निर्माण हुने पक्की ट्रससहितको एक तले धर्मशालाको शिलान्यास गरिएको छ । 

चैनपुर नगरपालिका वडा नं ६ निवासी स्व सिंहमान श्रेष्ठको सम्झनामा उहाँका परिवारजनको सक्रियतामा निर्माण गरिने उक्त धर्मशालाको चैनपुर नगरपालिकाका प्रमुख एवं सिद्धकाली मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष भरतकुमार खत्रीले बुधबार शिलान्यास गर्नुभयो । 

करिब रु आठ लाखको लागतमा धर्मशाला निर्माण गर्न लागिएको चैनपुर नपा वडा नं ३ का वडाध्यक्ष बलबहादुर अधिकारीले जानकारी दिनुभयो । 

अधिकारीका अनुसार स्व श्रेष्ठको सम्झनामा उहाँका छोरा दिलीपसिंह र श्रीमती जया तथा चन्द्रशेखर श्रेष्ठको छोरा रविको संयुक्त लगानीमा धर्मशाला निर्माण गर्न लागिएको हो । 

तीन महिनाभित्र धर्मशाला निर्माण गरिसक्ने लक्ष्य राखिएको मन्दिर संरक्षण तथा संवद्र्धन समितिले जनाएको छ । धर्मशाला निर्माणसँगै मन्दिरमा तीर्थ व्रत गर्न आउने भक्तजनलाई सहज हुने मन्दिरका पुजारी टंकनाथ महन्तले बताउनुभयो । 

तोकिएको सेवा सुविधा उपलब्ध गराउन माग 

यसैबीच, चैनपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालय एवं बालविकास सिकाइ केन्द्रमा कार्यरत बाल शिक्षिकाले तोकिएको सेवा सुविधा उपलब्ध गराउन माग गर्दै बुधबार नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । 

सरकारले बालशिक्षालाई विद्यालय तह संरचनामा गाभेसँगै प्रोत्साहन भत्ताका रुपमा मासिक रु छ हजार मात्र दिएर काममा लगाएको भन्दै न्यूनतम पारिश्रमिक, आइएलओ महासन्धिअनुसार तलब स्केल कायम गरी सेवा सुविधा उपलब्ध गराउन माग गर्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् । 

क्षमता अभिवृद्धिसम्वन्धी तालिम उपलब्ध गराउन, पोशाक भत्ताको व्यवस्था गरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकशिक्षिका सरहको सेवा सुविधा उपलब्ध गराउन माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाइएको बाल विकास सहयोगी कार्यकर्ता हकहित संरक्षण नगर समितिका अध्यक्ष मनमाया राईले जानकारी दिनुभयो । 

चैनपुर नगरपालिका क्षेत्रभित्र ४६ जना बालविकास सहयोगी कार्यकर्ता कार्यरत रहेको सो संस्थाका सचिव चेतना भट्टराईले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’