२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

२०७४, १२ माघ शुक्रबार ०८:५१

माघ १२, दाङ | आन्तरिक राजश्व कार्यालय दाङले चालू आर्थिक वर्ष २०७४÷७५ को छ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ । 

राजश्व कार्यालयले पुस मसान्तसम्म विभिन्न शीर्षकमा लक्ष्यभन्दा रु २२ करोड ७२ लाख ५४ हजार बढी राजश्व संकलन गरेको हो । 

राजश्व कार्यालयले छ महिनाको अवधिमा रु ६२ करोड ५४ लाख १७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालू आवको पुस मसान्तसम्म आन्तरिक राजश्व कार्यालयले सबैभन्दा बढी आय करतर्फ रु ३५ करोड ३२ लाख ४३ हजार राजश्व संकलन गरेको छ । छ महिनाको अवधिमा आय करतर्फ रु २५ करोड ७४ लाख ९७ हजार राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो । 

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ रु २८ करोड ६३ लाख ९७ हजार, अन्तः शुल्क कर रु १३ करोड २३ लाख ९० हजार, बहाल कर रु पाँच करोड ८२ लाख ४८ हजार, स्वास्थ्य सेवा कर रु ३६ लाख २६ हजार तथा शिक्षा सेवा करतर्फ रु ६३ लाख ८१ हजार राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृत उदयराम केसीले जानकारी दिनुभयो । 

कार्यालयले लक्ष्यभन्दा बढी कर संकलन हुनुमा व्यवसायीले समयमै कर बुझाउनुपर्छ भन्ने चेतनाको विकासका साथै कार्यालयको सक्रियता भएको जनाएको छ । त्यस्तै यसवर्ष कार्यालयले ठूला करदाताको घरमा नै पुगी पुस मसान्तसम्मको कर किस्ता दाखिलाको लागि पहलकदमी गरेको छ । आन्तरिक राजश्व कार्यालयमा हाल साना ठूला गरी ३० हजार करदाता रहेका छन् । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै