७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोलखामा सडक निर्माणको २२ करोड रकम भुक्तानी गर्न बाँकी

१३ माघ २०७४, शनिबार ११:१०

माघ १३, चरिकोट । डिभिजन सडक कार्यालय दोलखालाई रु २२ करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ । 

डिभिजन सडक कार्यलय दोलखाले विभिन्न समयमा ठेक्का सम्झौता गरेर निर्माण गरेको सडकको भुक्तानी दिन नसकेपछि कार्यालयलाई रु २२ करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ भने केही ठेकेदारले काम गरेको रकम नपाएपछि निर्माण कार्य रोकेका छन् । 

दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानका सडक निर्माण गरे वापत ठेकेदारलाई हालसम्म कार्यालयले रु २२ करोड रकम भुक्तानी गर्न बाँकी रहेको डिभिजन सडक कार्यलय दोलखाका प्रमुख अशोक तिवारीले बताउनुभयो । कार्यालयले करिब रु ५० लाखदेखि चार करोडसम्म एउटा ठेकेदार कम्पनीलाई मात्रै भुक्तानी दिन बाँकी रहेको तिवारीको भनाइ छ । 

दोलखा र सिन्धुपाल्चोकका सडक निर्माण भइरहेको र निर्माण सम्पन्न गरेका ठेकेदारलाई कार्यालयले भुक्तानी गर्न नसक्दा दिनैपिच्छे ठेकेदारको गुनासो सुन्दै हैरान हुने गरेको कार्यालयको लेखा शाखाका एक कर्मचारी बताउँछन् । ठेकेदारले रकम नपाएको भन्दै गएको महिनातिर कार्यलयमा तालाबन्दीसमेत गरेका थिए । 

कार्यलय प्रमुख तिवारीका अनुसार ठेकेदारलाई कार्यालयले बजेट नभएका कारण रकम भुक्तानी दिन नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, आफूले सडक विभागसँग रकम माग गरिरहेको र बजेट अर्थ मन्त्रालयले नदिँदा ठेकेदारलाई भुक्तानी गर्न नसकिएको बताउनुभयो । 

कार्यालयले ठूला ठेकेदार कम्पनी र साना ठेकेदार कम्पनीलाई रकम भुक्तानी दिन नसक्दा ठेकेदारले निमार्णमा काम गर्ने मजदूरलाई भुक्तानी गर्न सकेका छैनन् भने निर्माण सामग्री खरिद गरेको बिल भुक्तानीसमेत गर्न नसक्दा आगामी सरकारले निकाल्ने ठेक्कापट्टाको कामसमेत गर्न नसक्ने र बाँकी कामसमेत बीचैमा छोड्नु पर्ने अवस्था सिर्जना भएको महालक्ष्मी कन्ष्ट्रक्सन कन्सर्न प्रालिका साइड इञ्चार्ज तेजबहादुर भुजेल बताउनुभयो । 

भुजेलका अनुसार रु आठ करोड लागतमा निर्माण शुरु गरिएको चरिकोट कालीञ्चोक सडकको आठ किलोमिटर र अन्यत्रका काम गरेर आफ्नो कम्पनीले कार्यालयसंग करिब रु चार करोड रकम लिन बाँकी रहेको बताउनुभयो । 

यस वर्षको आव साउनदेखिको रकम भुक्तानी गर्न नसकिएको प्रमुख तिवारी बताउनुभयो । पेटी ठेकेदारलाई भुक्तानी गर्न, रड, सिमेन्ट, बालुवा, गिट्टी इकुमेन्टको खर्च, डिजेललगायतको खर्च तिर्न नसक्दा ठेकेदार समस्यामा परेको भुजेलको भनाइ छ । कार्यालयले करिब १० वटा ठेकेदार कम्पनीको रु ५० लाखदेखि चार करोडसम्म रकम भुक्तानी गर्न सकेको छैन । 

जिरी शिवालय सडक, चरिकोट दोलखा सडक, सिन्धुपाल्चोकको केही सडकलगायत विभिन्न सडक आयोजनाको रकम भुक्तानी गर्न बाँकी रहेको छ । 

त्यसैगरी बजेट विनियोजन हुन नसक्दा र अर्थ मन्त्रालयले बजेट नदिँदा ठेकेदारलाई रकम दिन नसकिएको सडक विभागका प्रवक्ता मुक्तानी गौतमले बताउनुभयो । 

गौतमका अनुसार स्थानीय निकायमा योजना लैजाने सरकारी नीतिका कारण साउनदेखिको रकम ठेकेदारलाई दिन नसकिएको र अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेकाले चाँडै बजेट आउनेमा विश्वस्त रहेको बताउनुभयो । 

गौतमले देशैभरिका कार्यालयमा सडक निर्माणको रकम भुक्तानी गर्न नसकिएको र विभागले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको हुँदा चाँडै रकम उपलब्ध हुने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति?