३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनएमबि बैंकको खुद मुनाफामा ४३ प्रतिशतले वृद्धि

१४ माघ २०७४, आईतवार ११:४४

 १४,माघ,काठमाडौं। एनएमबि बैंकले दोस्रो त्रैमासमा खुद नाफा ४३ प्रतिशतले बढाएर एक अर्व रुपैयाँ नघाएको छ।  एनएमबि बैंकले सार्वजनिक गरेको आ.व.२०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण  अनुसार अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा भन्दा खुद मुनाफामा ४३ प्रतिशत  भन्दा बढिले वृद्धि गरी रु. एक अर्ब कटाउन सफल भएको हो  ।

बैंकको  नाफा मात्रै छ महिनामा एक अर्व रुपैयाँ नाघेको छ भने समूहको नाफा एक अर्व पाँच करोड रुपैयाँ रहेको छ। 

गत वर्षको यहि अवधिमा बैंकको नाफा ७० करोड १० लाख र  समूहको नाफा ७५ करोड १३ लाख रुपैयाँ थियो। बैंकले चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब ५० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। गत वर्षको यहि अवधिमा बैंकको खुद व्याज आम्दानी एक अर्ब २६ करोड रुपैयाँ थियो। 

बैंकले ६ महिनामा ८० अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ६८ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गरेको थियो। 

बैंकले पछिल्लो छ महिनामा आठ अर्व ६० करोड रुपैयाँ निक्षेप थपेको छ भने कर्जा लगानी छ अर्व ६० करोड रुपैयाँले बढाएको छ। बैंकको चुक्ता पूँजी पाँच अर्ब ४३ करोड रुपैयाँबाट बढेर छ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ। बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउन अझै एक अर्ब ५३ करोड रुपैयाँ जुटाउनु पर्ने छ। 

बैंकको पूँजी कोष अनुपात १३.०६ प्रतिशत छ भने खराब कर्जा १.२० प्रतिशतमा सिमित गरेको छ। बैंकको आधार व्याजदर ७.५४ बाट बढेर १०.३५ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ छ।

बैंकले यो वर्ष फाइनान्सियल टाइम्स लण्डनले दिने द बैंकर अवार्ड प्राप्त गरेको छ भने नेपालमा पनि फर्सट एण्ड सुलिभान तथा नेपाल बिजनेश एक्सिलेन्स अवार्ड अन्तर्गत सर्टिफिकेट अफ मेरिट पनि प्राप्त गरेको छ।

बैंकले  हाल ९३ वटा शाखा, चार वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ। 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’