२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पाको माझफालमा नमस्ते मोवाइल सेवा बिस्तार हुँदै

२०७४, १४ माघ आईतवार १२:२६

टेकबहादुर शाही | माघ १४, डोल्पा | ठुलीभेरि नगरपालिकाको वडा नं.५ र ६ माझफालमा नमस्ते मोबाइल सेवाको बिस्तार हुने भएको छ । बिगत लामो समय देखि नेपाल टेलिकमको भिस्याट फोनबाट मात्र सेवा लिएका माझफालका जनताले अबको केहि दिनमा नमस्ते मोवाइलको सेवा पाउने भएको स्थानीय योगेन्द्र बुढाले जानकारि दिए । 

सदरमुकाम दुनैसंग जोडिएको साविकको माझफाल गाविसमा अब भने पूरै नमस्तो मोवाइल सेवा र थ्रिजी इन्टरनेट समेत जनताले प्रयोग गर्न पाउने भएका छन । सदरमुकाम संग जोडिएको तल्लो डोल्पाको माझफालमा हाल सम्म भिस्याट फोन बाहेक अन्य कुनै पनि सेवाहरु जडित भएका थिएनन । अब घरमै बसेर मोवाइल फोन र इन्टरनेटबाट देशबिदेश हेर्न पाउने भए पछि माझफालका स्थानीयहरुको खुसिको सिमन नै छैन । 


निर्वतमान उपप्रधानमन्त्री कृष्णबहादुर महरा,पूर्व शान्तीमन्त्री सत्या पाहाडीको मुख्य पहलका साथै राहुल महरा र निर्मल महराको बिशेष पहलमा माझफालका जनताले नमस्ते मोवाइलको सेवा पाउने भएका हुन । केन्द्रका मन्त्री देखि स्थानीय तहका वडा अध्यक्षहरु सम्मको बिशेष योगदान पनि रहेको स्थानीयहरु बताउछन । स्थानीयहरु भन्छन सेवा प्रदानको लागि पहल गरिदिने सबै प्रति हार्दिक आभर प्रकट गर्दछौ । 

बर्षौ देखि सञ्चार सेवा नलिएका जनताले अब मोवाइलमा फोन गर्न पाउने भए पछि सञ्चारको सपना पूरा गरेको महसुस गर्ने मुख्य पहलकर्ता योगेन्द्र बुढाले जानकारि दिए । उनका अनुसार आफैले सुर्खेतबाट समिट एयरको जहाजमा ३ वटा चार्टरमा डोल्पा सामान पुर्याएको बताए । बढा माओबादि केन्द्र निकट अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य तथा डोल्पा जिल्लाका इन्चार्ज समेत हुन ।


उनले स्थानीय तहको निर्वाचन देखि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन लगायत अन्य समयमा बिभिन्न कार्यक्रमका बेलामा पनि एक बर्षमा माझफालाइ सञ्चारयुक्त गाउका रुपमा चिनाउने प्रतिबद्धता गरेको बताउछन । सोहि अनुरुप आफनो वचनबद्धता पूरा गरेको योगेन्द्र बुढाले जानकारि दिए । पछिल्लो समय उनि निकै समाज सेवी र यूवा नेताका रुपमा परिचत पनि रहेका छन ।

केन्द्रको पहलमा नेपाल टेलिकमले जुफाल बिमानस्थल सम्मको ढुवानी दिने र त्याहाँबाट स्थानीयले माझफालको टावर निमार्ण स्थल सम्म जनश्रमदान गर्ने छन । अबको केहि दिनमा निमार्ण कार्य सम्पन्न भइ मोवाइल तथा थ्रीजि इन्टरनेट सेवा प्रबाह हुने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल