३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पाको माझफालमा नमस्ते मोवाइल सेवा बिस्तार हुँदै

१४ माघ २०७४, आईतवार १२:२६

टेकबहादुर शाही | माघ १४, डोल्पा | ठुलीभेरि नगरपालिकाको वडा नं.५ र ६ माझफालमा नमस्ते मोबाइल सेवाको बिस्तार हुने भएको छ । बिगत लामो समय देखि नेपाल टेलिकमको भिस्याट फोनबाट मात्र सेवा लिएका माझफालका जनताले अबको केहि दिनमा नमस्ते मोवाइलको सेवा पाउने भएको स्थानीय योगेन्द्र बुढाले जानकारि दिए । 

सदरमुकाम दुनैसंग जोडिएको साविकको माझफाल गाविसमा अब भने पूरै नमस्तो मोवाइल सेवा र थ्रिजी इन्टरनेट समेत जनताले प्रयोग गर्न पाउने भएका छन । सदरमुकाम संग जोडिएको तल्लो डोल्पाको माझफालमा हाल सम्म भिस्याट फोन बाहेक अन्य कुनै पनि सेवाहरु जडित भएका थिएनन । अब घरमै बसेर मोवाइल फोन र इन्टरनेटबाट देशबिदेश हेर्न पाउने भए पछि माझफालका स्थानीयहरुको खुसिको सिमन नै छैन । 


निर्वतमान उपप्रधानमन्त्री कृष्णबहादुर महरा,पूर्व शान्तीमन्त्री सत्या पाहाडीको मुख्य पहलका साथै राहुल महरा र निर्मल महराको बिशेष पहलमा माझफालका जनताले नमस्ते मोवाइलको सेवा पाउने भएका हुन । केन्द्रका मन्त्री देखि स्थानीय तहका वडा अध्यक्षहरु सम्मको बिशेष योगदान पनि रहेको स्थानीयहरु बताउछन । स्थानीयहरु भन्छन सेवा प्रदानको लागि पहल गरिदिने सबै प्रति हार्दिक आभर प्रकट गर्दछौ । 

बर्षौ देखि सञ्चार सेवा नलिएका जनताले अब मोवाइलमा फोन गर्न पाउने भए पछि सञ्चारको सपना पूरा गरेको महसुस गर्ने मुख्य पहलकर्ता योगेन्द्र बुढाले जानकारि दिए । उनका अनुसार आफैले सुर्खेतबाट समिट एयरको जहाजमा ३ वटा चार्टरमा डोल्पा सामान पुर्याएको बताए । बढा माओबादि केन्द्र निकट अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य तथा डोल्पा जिल्लाका इन्चार्ज समेत हुन ।


उनले स्थानीय तहको निर्वाचन देखि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन लगायत अन्य समयमा बिभिन्न कार्यक्रमका बेलामा पनि एक बर्षमा माझफालाइ सञ्चारयुक्त गाउका रुपमा चिनाउने प्रतिबद्धता गरेको बताउछन । सोहि अनुरुप आफनो वचनबद्धता पूरा गरेको योगेन्द्र बुढाले जानकारि दिए । पछिल्लो समय उनि निकै समाज सेवी र यूवा नेताका रुपमा परिचत पनि रहेका छन ।

केन्द्रको पहलमा नेपाल टेलिकमले जुफाल बिमानस्थल सम्मको ढुवानी दिने र त्याहाँबाट स्थानीयले माझफालको टावर निमार्ण स्थल सम्म जनश्रमदान गर्ने छन । अबको केहि दिनमा निमार्ण कार्य सम्पन्न भइ मोवाइल तथा थ्रीजि इन्टरनेट सेवा प्रबाह हुने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’