२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लघुजलविद्युत् उत्पादन परीक्षण सफल

२०७४, २१ माघ आईतवार ०३:०९

माघ २१, बाबियाचौर (म्याग्दी) | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका पर्यटकीय स्थलमा विद्युत् आपूर्तिका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत् परियोजनाको परीक्षण सफल भएको छ । 

पचास किलोवाट क्षमताको परियोजनामा जडान गरिएको जेनेरेटर र टर्वाइनको परीक्षण सफल भएको हो । नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर पाइजाले बताउनुभयो । 

विद्युत्गृह बनाएपछि फागुन पहिलो हप्तादेखि परियोजना नियमित सञ्चालनमा आउने उहाँले बताउनुयभो । गत पुस दोस्रो साता सडक मार्ग भएर शिख पुर्याइएको तार, जेनेरेटर, टर्वाइन लगायतका उपकरण र सामान हेलिकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको थियो । ढाँडखर्क, बयली र खोप्राको सामुदायिक लजमा विद्युत् आपूर्तिका लागि स्थानीयबासीको पहलमा चार वर्षअघि देखि परियोजना निर्माण शुरु भएको थियो । सरकारी निकायबाट न्यून मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागबिर पाइजा र सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा आर्थिक स्रोत जुटाउने क्रम जारी छ । 

रु एक करोड ५० लाख लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिँदा रु दुई करोडभन्दा बढी खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७१/७२ मा तत्कालीन जिल्ला समन्वय समितिले रु १० लाख अनुदान उपलब्ध गराएको थियो । भौगोलिक विकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष पाइजाले बताउनुभयो । 

मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रीय प्रसारण लाइनको सम्भावना नभएपछि लघुजलविद्युत् परियोजनामार्फत विद्युत् सुविधा पुर्याउन लागिएको हो । विद्युत्सँगै इन्टरनेट, मोबाइललगायत सञ्चार सुविधा सहज हुने पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ