२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कलह अन्त्य गर्दै लघुवित्त

२०७४, २१ माघ आईतवार ०८:१०

माघ २१, बनेपा | कमजोर आर्थिक अवस्थाले कलह ल्याउदो रहेछ तर सम्पन्न भएपछि सबै कलह अन्त्य हुँदै जादोरहेछ भन्ने अनुभूति एक लघुवित्त संस्थामा आबद्ध सदस्यहरूले गर्न थालेका छन् । 

बनेपास्थित छिमेक लघुवित्त संस्थाको १३ औँ इकाइ भेलामा सफलताको कथा सुनाउदै काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका– १० दाप्चाकी कल्पना देवकोटाले भन्नुभयो– “मेरो आर्थिक अवस्था कमजोर हुदा मलाई श्रीमान्ले राम्रो व्यवहार गर्नुभएको थिएन तर अहिले हामी दुबै मिलेर बसेका छौ ।” 

“संस्थामा आवद्ध भएपछि पहिलोपटक रु १५ हजार क्रण लिएर भैँसी किने र त्यसबाट केही कमाई हुँदै गएपछि पुनः रु २० हजार ऋण लिएर तरकारी खेती गरे त्यसपछि झन आम्दानी बढ्दै गएकाले अहिले रु २२ लाखको सम्पत्ती जोडेको छु देवकोटाले भन्नुभयो ।” 

वित्तीय संस्थाबाट पाएको व्यावसायिक तरकारी खेती तालीमबाट आधुनिक तरिकाले तरकारी खेती गरेर मनग्य लाभ लिएको सुनाउदै उहाँले भन्नुभयो– “मेहनतले हामीलाई लगनशील बनाएको छ । ” 

वित्तीय संस्थाबाट लिएको ऋणबाट तरकारी खेतीका साथसाथै झण्डै छसय कुखुरापालन समेत गरेको जानकारी दिँदै देवकोटाले चारआना घडेरी पनि किनेर अब घर बनाउने तयारीमा लागेकी छु भन्नुभयो । 

उहाँले त्यसबाट भएको आम्दानीबाट आफ्ना दुई छोरालाई पनि बोर्डिङ स्कुलमा पढाएको र श्रमको फल पाउदा हर्षित भएको छु भन्नुभयो । 

उहाँजस्तै पनौती नगरपालिका–६ की गोमा न्यौपानेको जीवनमा पनि परिवर्तन आएको छ । “मैले धेरै दुःख पाए आफ्नै पतिले पनि मलाई विश्वास गरेनन् तर अहिले सबै परिस्थीति फेरिएको छ” उहाँले भन्नुभयो । 

“संस्थामा आवद्ध भएपछि शुरुमा रु २० हजार ऋण लिएर गाई किने पछि पुनः ऋण थपेर गाईको संख्या बढाएपछि आम्दानीको स्रोत बढ्दै गएकाले अहिले मलाई पैसाको समस्या छैन” न्यौपानेले भन्नुभयो । 

उहाँले अहिले पेशा परिवर्तन गरेर फर्निचर उद्योग खोलेको जानकारी दिँदै भन्नुभयो “अहिले मेरो सम्पत्ति करिब रु ८० लाख पुगेको छ ।” 

तेह्र वर्षदेखि उक्त संस्थामा आवद्ध न्यौपानेले गरेको लगानीबाट पाएको प्रतिफलले साढे तीन आना घडेरीसमेत किन्नुका साथै फर्निचर उद्योगमा पाँच जनालाई रोजगारी समेत दिएकी छु भन्नुभयो । 

उक्त संस्थाका आन्तरिक लेखापरीक्षण विभाग प्रमुख निकेश अधिकारीले लघुवित्तमा आबद्ध समाजका सदस्य आर्थिक रुपमा सम्पन्न हुँदै आएकोे बताउनुभयो । 

उहाँले भन्नुभयो– “आयआर्जनका लागि लघुवित्त सबै भन्दा सहज भएकोले यसको विश्वास झन बढदै गएको छ ।” 

अधिकारीले लघुवित्तको ऋणलाई सदुपयोग गरेर जीवनस्तरलाई अझ समृद्ध बनाउन सुझाव दिँदै छलफबाट आएको निष्कर्षपछि संस्थाले नयाँ योजना ल्याउने बताउनुभयो । 

संस्थाका क्षेत्रीय प्रबन्धक प्रदिपकुमार सिंहले संस्थालाई अझ बढी प्रतिष्पर्धी बनाउन नयाँ योजनाले सहयोग गर्ने उल्लेख गर्नुभयो । जिल्लाको सात नगरपालिकामा सेवा दिँदै आएको छिमेक लघुवित्तले रु १२ करोड ८३ लाख ६२ हजार ८१३ बचत संकलन गरेको छ भने रु सात करोड १५ लाख पाँच हजार ६० ऋण लगानी गरेको छ । 

जिल्लामा उक्त संस्थाको ३०१९ सदस्य छन् । ६२ वटा जिल्लामा १२६ कार्यालय रहेको सो संस्थाको चुक्ता पुँजी रु एक अर्ब पुगेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्