२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनकुटाको लेगुवाघाट हुँदै संखुवासभा जोड्ने सडक सञ्चालन भएपछि स्थानीयवासीमा खुसि

२०७४, २२ माघ सोमबार ०२:२३

माघ २२, धनकुटा (रासस) | धनकुटाको लेगुवाघाट हुँदै संखुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आए सँगै स्थानीयवासी हर्षित भएका छन् । 

ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई वर्षअघि निर्माण थालेको पाँच मिटर चौडा १२ किलोमिटर लम्बाइ रहेको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि अनुमति दिएपछि स्थानीयवासीमा खुशी छाएको छ । 

परियोजनाले जिल्ला प्राविधिक कार्यालयमार्फत रु १६ करोड ८२ लाख लागतमा निर्माणाधीन सडकको नालीबाहेक माटो कटिङ, टेवापर्खाल, मोडसुधार, ग्राभेल लगायत अन्य स्ट्रक्चरको ९५ प्रतिशत काम सम्पन्न भए सँगै स्थानीयवासीले यातायात सञ्चालन गर्न थालेको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ । 

सडक सञ्चालनमा आएपछि धनकुटाकाको महालक्ष्मी नगरपालिकाभित्र पर्ने चानुवा, डाँडागाउँ, जितपुर, मारेक कटहरे, लेगुवालगायत संखुवासभा जिल्लाका विभिन्न गाउँपालिकाका बासिन्दालाई कृषि उपज बजार लैजाने एवं यातायात सेवा सहज भएको स्थानीयवासी लेखनाथ पौडेलले बताउनुभयो । 

ग्रामीण क्षेत्रमा उत्पादन हुने अदुवा, अलैँची, दूध, तरकारी एवं खाद्यन्न बाली संखुवासभाको मुढे शनिश्चरे र धनकुटाको लेगुवाबजार हुँदै बाहिर निकासी सहज बनेको पौडेलको भनाइ रहेको छ । सवारी साधन सञ्चालन भएसँगै धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाको संगममा रहेको पर्यटकीय स्थल तीनजुरे मिल्के जलजले गुराँस अवलोकन गर्न एवं मध्य पहाडी लोकमार्गमा जोड्ने यस क्षेत्रको सबैभन्दा छोटो सडक बनेको स्थानीयवासी बताउँछन् । 

संखुवासभाबाट धनकुटाका उत्तरी क्षेत्र र भोजपुर जिल्ला दक्षीणी भेगतर्फ जान छोटो दूरीको सडक उपयोगी एवं सहज हुने महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै