४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिद्धार्थ बैंकद्वारा वृद्दाश्रमलाई आर्थिक सहयोग

२२ माघ २०७४, सोमबार ०५:४९

माघ २२, म्याग्दी | सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको छ । 

आइतबार बेनी शाखाको उद्घाटनका अवसरमा बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेल, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीलाई रु दुई लाख ११ हजार १११ को अक्षयकोष स्थापनाका लागि नगद हस्तान्तरण गर्नुभएको हो । 

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धवृद्धाको बसोबासलाई सहज बनाउने उद्देश्यले कोषको स्थापना गरेको बैंकका बेनी शाखा प्रमुख गणेश पाठकले बताउनुभयो । “वित्तीय कारोबारबाहेक सामाजिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौँ । 

तातोपानीका सबै कुण्ड र धारालाई व्यवस्थित गरिने 

प्राकृतिक उपचारस्थलका रूपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीको विभिन्न स्थानमा भेटिएका तातोपानीको मुहान र धाराहरूलाई संरक्षणका साथै व्यवस्थित गरिने भएको छ । 

प्राकृतिक उपचारस्थलका रूपमा स्वदेश तथा विदेशमा चर्चित तातोपानीमा मुख्य कुण्डका अतिरिक्त म्याग्दी नदीको किनारमा थप तीनवटा तातोपानीका मुहानहरू भेटिए पनि अलपत्र अवस्थामा रहेको समाचार गत मंसिरमा राससमार्फत विभिन्न सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण भएपछि स्थानीयवासीले विभिन्न स्रोत जुटाएर संरक्षण गरी व्यवस्थित गर्न लागेका हुन् । “तातोपानी गाउँको पहिचान हो, हामीले यहाँका स्रोतहरूको संरक्षणमा प्राथमिकता दिएका छौँ,” तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भन्नुभयो । उहाँले छिमेकी मंगला गाउँपालिकाको बरंजातर्फ समेत तातोपानीका प्रशस्तै मुहान रहेका बताउनुभयो । उहाँले भेटिएका तातोपानीका मुहानलाई संरक्षण गर्नाका साथै त्यहाँ धाराहरू बनाइएको जानकारी दिनुभयो । 

म्याग्दी खोला कटान र गहिराइसँगै उक्त स्थान वरपर फरक–फरक विशेषता र तातोपानी भएका मुहान भेटिन थालेपछि स्थानीयवासी समेत उत्साहित छन् । खोला नजिक रहेकाले बर्खाको समयमा मुहान पुरिने गरेका थिए । तातोपानी कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न आउन थालेपछि सार्क राष्ट्र र एशियाली मुलुकमा तातोपानीको व्यापक प्रचारप्रसार भइरहेको अध्यक्ष शाक्यले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’