४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको ऐतिहासिक मदार बाबा मेला आजबाट सुरु

२२ माघ २०७४, सोमबार ११:३४

श्याम थापा/माघ २२, सुस्ता । नवलपरासी जिल्लाको ऐतिहासिक धार्मीक स्थल एवम हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदार बाबाको मेला आज बाट सुरु भएको छ । 

लामो समय देखी लाग्दै आएको हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदारबाबा मेलामा अत्याधिक भिडभाड हुने मदरबाबा मेला ब्यवस्थापन समितीका संयोजक तथा सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले बिश्वास लिएका छन । 

मदारबाबा मेलामा नेपालको बिभिन्न जिल्लाहरु र भारत उत्तरप्रदेश राज्य र बिहार राज्य प्रदेशको बिभिन्न जिल्लाहरुबाट करिश ५ लाख तिर्थालुहरुको उपस्थिती हुने सुस्ता गाउँपालिका अध्यक्ष एवम मेला ब्यवस्थापन समितीका संयोजक पाण्डेले बताउनु भएको छ । 

मेलामा तल र माथी गरि करिब २ हजार ५ सय पसलहरु रहेको र मेला माघको २२ गते देखी फाल्गुन १ गते सम्म लाग्ने आयोजकले जनाएको छ । मदार बाबा मेलामा माथी डाडाँमा रहेको मजारको दर्शन गर्दा बिभिन्न मनोकामना पुरा हुने र आफ्नो शरिरमा रहेको रोगहरु सबै निको हुने र सन्तान नभएकाहरुको सन्तान हुने धार्मीक आस्था रहेको मेलामा आउने तिर्थालुहरुले बताउने गरेका छन । 

मदरबाबा मेलामा अत्याधिक चाप बढने भएको कारणले तथा मेलाको दर्शन गर्न आउने तिर्थालुहरुलाई सुरक्षाको अन्भुत गराउनको लागी मेला ब्यवस्थापन समितीले नेपाल प्रहरी ६० जना,सशस्त्र प्रहरी बलको २५ जना र स्थानिय स्यवम सेवक २० जना गरि मदार बाबा मेलामा सुरक्षाका लागी परिचालन गरिएको र मेलामा सुरक्षा एकदमै टोलीहरुले राम्रो संग सहयोग गरिरहेको पनि कुतबुल मदारशाह जर्घा कमिटीका सचिव अजमुदिन अन्सारीले जानकारी गराउनु भएको छ । 

मदरबाबा मेलालाई थप ब्यवस्थापन गर्नका लागी सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको सयोजकतामा २१ सदस्यि मुल समिती गठन गरिएको छ । 

त्यस्तै मदारबाबा मेलाको प्रचार प्रसारका लागी नेपाल पत्रकार माहा संघ जिल्ला कार्यसमिती नवलपरासीका जिल्ला कार्यसमितीका सदस्य एवम पत्रकार श्याम बुचा मगरको सयोजकतामा ३ सदस्य समिती गठन भएको छ भने खानेपानी सरसफाई ब्यवस्थापनका लागी वडा न.२ का वडा सदस्य कुन्ती मुखियाको अध्यक्षतामा ५ सदसिय समिती गठन गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’