४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटमा एकीकृत बस्ती निर्माणका लागि दश स्थान छनोट, कहाँ-कहाँ परे ?

२३ माघ २०७४, मंगलवार ०१:३५

माघ २३, नुवाकोट (रासस) | नुवाकोटका तीन ठाउँमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि प्रारम्भिक चरणमा दश स्थान छनोटमा परेका छन् । 

एकीकृत बस्ती निर्माणका लागि सम्भावित बस्तीको छनोट गर्न चयन भएको परामर्शदाता कम्पनीले तयार गरेको प्रतिवेदनको आधारमा जिल्लाका सरोकारवाला सम्मिलित सोमबारको बैठकको सुझावको आधारमा छनोट भएका दश स्थानको विस्तृत स्थलगत अध्ययन शुरु गर्न लागिएको हो । 

विकासका पर्याप्त पूर्वाधार निर्माण गर्न सकिने, ठूलो समूहमा बस्ती बसाल्न सकिने स्थान भएको, आसपास बस्तीलाई समेत पायक पर्ने सम्भावित दश स्थान छनोटमा परेकाले तीनको स्थलगत अध्ययनको आधारमा तीन बस्ती छनोट गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन एकाइका आयोजना प्रमुख विदुर खड्काले जानकारी दिनुभयो । 

विज्ञ तथा परामर्शदाता कम्पनीका अनुसार नेपाल सरकारमार्फत निर्माण गर्न लागिएको एकीकृत बस्तीको लागि जिल्लाको चौघडाको गड्खार, दुईपिपलको कोल्पुटार, रातमाटेको चन्द्रेटारस्थित खाल्टे, शिवपुरीको डुम्रे, कविलासको अप्राहस्थित सहरेटार, ककनीको रातमाटेटार, बुधसिंहको थली, शिखरबेँसीको डिही, मेघाङको देउराली बजार र नर्जामण्डपको बाहुनबेँसी छनोटमा परेका छन् । 

एकीकृत बस्ती निर्माणका लागि छनोटमा परेका सम्भावित स्थानको डिपीआरका लागि शहरी विकास मन्त्रालयमार्फत परामर्शदाता संस्था गिडा नेपाल र ग्रिड श्रेष्ठको संयुक्त लगानीले जिम्मेवारी पाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’