२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरला नाका खुलाउन दुई देशबीच कूटनीतिक पहल

२०७४, २५ माघ बिहीबार ०८:५९

माघ २५, मुस्ताङ | कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन् । 

कोरला नाका सञ्चालनका लागि पहुँच मार्ग निर्माणसँगै सुरक्षा निकायको क्याम्प खडा गर्ने तयारी गरिएको छ । कोरला नाका नजिकै पर्ने नेचुङ भन्सार कार्यालय यसअघिनै सञ्चालनमा आइसकेको छ भने चिनियाँ सरकारले नाका आसपासमा करिब पाँचतले भवन निर्माण गरिसकेको छ । 

सन् २०१७ अक्टोबरमा चिनियाँ राजदूत यु हाङले औपचारिक रुपमा कोरला नाकाको भ्रमण गर्नुभएको थियो । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत कोरला नाका जोड्ने पहुँचमार्गको स्तरवृद्धिको काम तीव्ररुपमा अघि बढेकोे जानकारी दिनुभयो । उहाँले उक्त नाका शीघ्र खुलाउन पहल भइरहेको बताउनुभयो । 

जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहजरुपमा यातायातको पहुँच पु¥याउन आयोजनामार्फत पाँचवटा प्याकेजमा दुई लेनको ग्राभेल सडक बनाउने काम भइरहेको छ । करिब ४० प्रतिशत काम सकिएको छ । बेनी–जोमसोम सडकखण्ड निर्माण गर्न टेण्डर आह्वान भइसकेको छ भने केही क्षेत्रमा निर्माण तीव्ररुपमा भइरहेको छ । 

कालीगण्डकी कोरिडोर भारत र चीन जोड्ने नेपालकै सबैभन्दा छोटो सडक मार्ग हो । कोरला नाकालाई लक्ष्य गरेर सरकारले सीमा प्रहरी चौकी र प्रशासन कार्यालय स्थापना गरिसकेको छ । लोमान्थाङ गाउँपालिकाको छोसेरमा नेचुङ भन्सार कार्यालय विसं २०७३ असारमा २१ वर्षपछि पुनःस्थापना भएको हो । नेपाली सेना, सशस्त्र प्रहरीको क्याम्प तथा अध्यागमन कार्यालय स्थापनाका लागि जग्गा प्राप्त भइसकेको छ । लोमान्थाङदेखि कोरला नाकातर्फ जाने बाटोमा करिब पाँच किलोमिटर उत्तरतर्फ सेनाको क्याम्प राख्न २०० रोपनी जग्गा उपलब्ध भएको र सो ठाउँमा सेनाले भवन निर्माण शुरु गरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो । कोरलादेखि तिब्बतको मुख्य राजमार्गको बजार क्षेत्र ढुङ्वासेन ४५ किलोमिटर टाढा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो