२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्यालयमा विद्युतिय हाजिर मेसिन जडान गरिने

२०७४, २९ माघ सोमबार १३:५२

माघ २९, सल्यान | कपुरकोट गाउँपालिका सल्यानको ११ औँ गाउँ कार्यपालिका बैठकले माध्यामिक विद्यालयहरुमा विद्युतीय हाजिर प्रणालि जडान गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले औठाले छोएको आधारमा शिक्षक उपस्थित भएको र बाहिरिएको हाजिर रेकर्ट गर्ने विद्युतीय हाजिर मेसिन जडान गर्ने निर्णय गरेको हो । 

विद्युतिय मेसिनबाट हुने हाजिरमा आए गएको समय पनि देखिने भएकाले विद्यालयमा शिक्षक समयमा उपस्थित हुने र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले विश्वास व्यक्त गरे । उनले भने, ‘यो प्रविधि जडान भएमा शिक्षक नियमित उपस्थित नहुने, समयमा नआउने जस्ता समस्या विस्तारै सुधार हुने हाम्रो अपेक्षा छ ।’ शैक्षिक क्षेत्रमा सुशासन कायम गर्न तथा शिक्षकलाई कार्यप्रति जवाफदेही बनाउन विद्युतीय हाजीर प्रणालि प्रभावकारि हुने गाउँपालिकाको दाबी छ । 

सोमबारको कार्यपालिका बैठकले यहि फागुन ८ गते देखि कपुरकोट गाउँपालिकाका सबै वडाहरुमा जनप्रतिनिधी र नागरिकको विचमा वहस कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जानकारि दिए । यस्तै गाउँपालिकाले गत पुसमा बाँकेमा आयोजित दोश्रो जुनियर एथ्लेटिक्स प्रतियोगीता अन्तर्गत १५०० मिटरको दौडमा प्रथम हुन सफल छात्रा चन्द्रा घर्तीलाइ सम्मान गर्ने भएको छ । 

नेरामावि किमुचौरमा कक्षा ६ मा अध्यनरत छात्रा घर्तीले खेलकुद मार्फत गाउँपालिकाको गरिमालाइ माथी उठाएको भन्दै नगद रु २५ हजार सहित सम्मान गर्ने भएको सुचना अधिकारि केसीले बताए । बैठकले गाउँपालिकाका प्रत्येक वडामा मेलमिलाप समिती गठन गर्ने निर्णय पनि गरेको छ । समितीमा वडाध्यक्ष, एक महिला सदस्य र एकजना अन्य सदस्य रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै