४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

६ फाल्गुन २०७४, आईतवार ०७:४४

फागुन ६, उदयपुर | उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई व्यापक रुपमा बोटिङ र प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यका साथ पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा (स्वस्ती) ले बताउनुभएको छ । 

उहाँले भन्नुभयो,“बेलका क्षेत्रमा पर्यटन विकासको धेरै सम्भावना छ, कोशी क्षेत्रमा बोटिङ र कोशी वरिपरिको डाँडाबाट प्याराग्लाइडिङका कारण यो नगरले जिल्लाकै पर्यटन विकासमा ठूलो टेवा पुर्याउने भएकाले नगरपालिकाले अहिले प्याराग्लाइडिङ परीक्षण अभियान थालेको हो ।” प्याराग्लाइडिङ सफल भएकाले यो पेशाबाट वार्षिक यो क्षेत्रमा पचास हजारभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सकिने नगर प्रमुख थापाको धारणा छ । 

शनिबार समुद्री सतहदेखि झण्डै ६०० मिटरको उचाइमा रहेको बेलकाको बोपाताङ र चम्पाडाँडाबाट आठवटा प्याराग्लाइडिङ उडान गरेर परीक्षण गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’