४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्चीको पानी असोजभित्र राजधानी आउने

११ फाल्गुन २०७४, शुक्रबार ११:४३

फागुन ११, काठमाडौँ | बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूर्णताको अन्तिम चरणमा पुगेसँगै राजधानीवासीका धारामा दशैँताका मेलम्चीको पानी आउने भएको छ । 

अर्बौं रुपैयाँको विशाल उक्त परियोजनाबाट मेलम्ची खोलाको पानी राजधानीका धाराबाट खस्ने प्रायः पक्का भएको हो । साथै सरकारले मेलम्चीको पानी राजधानीमा प्रवाह गर्नेसम्बन्धी ठोस कार्ययोजना पनि सार्वजनिक गरेको छ । 

एशियाली विकास बैंकको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको आज यहाँ आयोजित वार्षिक समीक्षा बैठकमा खानेपानी आपूर्ति तथा सरसफाइ मन्त्रालयले त्यस्तो कार्ययोजना सार्वजनिक गरेको हो । योजनानुसार कार्यसम्पादन गर्न कुनै बाधा उत्पन्न नभएमा आगामी चैतमा २६ किलोमिटर लामो सुरुङ निर्माण पूरा भई १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेछ । 

असार महिनाको अन्त्यसम्ममा सुन्दरीजल प्रशोधन केन्द्रबाट निर्मलीकरण गरिएको पानी काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानमा अवस्थित विशाल पानीट्यांकीमा संकलन हुनेछ । योजनानुसार दशैँताका आरुबारी, महाँकाल, बाँसबारी, बालाजु, पानीपोखरी, अनामनगर, मीनभवन, कीर्तिपुर, खुमलटार, टिगानी र भक्तपुरको कटुञ्जेमा निर्मित ती विशाल ट्याङ्कीबाट परीक्षणका रुपमा पानी प्रवाह गरिनेछ । 

पुराना र हाल विछ्याइएका पाइपबाट पानी प्रवाह गरेपछि चुहावटलगायत मर्मतका अन्य कार्य गरिनेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण