४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सगरमाथा सजिलै हेर्न सकिने चम्पादेवीको विकासले तीव्रता पायो

१२ फाल्गुन २०७४, शनिबार ०४:४०

फागुन १२, काठमाडौँ । सगरमाथा सजिलै हेर्न सकिने चम्पादेवीमा भौतिक पूर्वाधार विकासले तीव्रता पाएको छ । 

काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट हिमालको दृश्यावलोकन गर्न स्वदेशी तथा विदेशी आउन थालेपछि यहाँका स्थानीय मार्गको स्तरोन्नति, घरबास, सामान्य होटल, रेष्टुराँसमेत खुल्ने क्रम बढ्दै गएको छ । 

छोटो समयका लागि पदयात्रासमेत गर्न सकिने काठमाडौँ दक्षिणभेगस्थित स्थलको प्रचारप्रसार बढ्दै गएपछि पर्यटकको चापलाई दृष्टिगत गरी पूर्वाधारको विकास हुनेक्रम जारी छ । चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाले पूर्वाधार विकासका लागि पहल गर्दैछ । 


दक्षिणकाली नगरपालिका–६ मा पर्ने चम्पादेवी मन्दिर वरपर क्षेत्रका केही केही जंगल कीर्तिपुर नगरपालिका्े–१ मा समेत पर्छ । चम्पादेवी पाउँ वोसनदेखि देउराली हुँदै चम्पादेवी डाँडा भई पुष्पलाल स्मृति प्रतिष्ठान क्षेत्रसम्म पदयात्राका रुपमा विकास गरिएको छ । सो मार्ग करीब नौ किलोमिटरको छ । 

सामान्य रुपमा वरपर ढुंगाको पर्खालका माध्यमबाट चम्पादेवीको शिलालाई घेरेर राखिएकामा सोही संस्थाको पहलमा केही व्यवस्थित गरिएको छ । संस्थाका अध्यक्ष जनक तामाङले चम्पादेवीको ऐतिहासिकताको संरक्षण तथा व्यवस्थापनका लागि पुरातत्व विभागबाट करिब रु आठ लाखको लागतमा मन्दिर निर्माणमा सहयोग प्राप्त भएको बताउनुभयो । 

विशेष गरी फागुन चैतको समयमा सगरमाथाको अवलोकन गर्न सकिने बताउँदै उहाँले सूर्योदयका साथै सूर्यास्तसम्मका दृश्यलाई पनि हेर्न सकिन्छ भन्नुभयो । त्यहाँबाट मकालु, लाक्पादोर्जे, गौरीशंकरलगायत हिमशृङ्खलासमेत एकसाथ अवलोकन गर्न सकिन्छ । 

वनजंगलले ढकमक्क ढाकिएको चम्पादेवी क्षेत्र विभिन्न जडीबुटीको भण्डार पनि हो । लालीगुराँसले ढकमक्क ढाकिएको यहाँको जंगल फागुनचैतमा गुराँस फुल्ने भएका कारण निकै सुन्दर देखिन्छ । 

यहाँको सुन्दर दृश्य हेर्न तथा छोटो समयको पदयात्राका लागि पर्यटक लोभिने गरेको कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका सचिव वीरेन्द्र शाक्यले बताउनुभयो । 

मच्छेगाउँ–चम्पादेवी, फर्पिङ–चम्पादेवी, पुष्पलाल उद्यान–चम्पादेवी, चाल्नाखेल–चम्पादेवीजस्ता पदमार्गमार्फत पर्यटक चम्पादेवी पुग्ने गरेका छन् । प्रत्येक वर्ष वैशाख १ गते त्यहाँ लाग्ने मेलामा हजारौँ पर्यटक आउने गरेका छन् । नयाँ वर्षका दिन चम्पादेवीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । 

पर्यटकीय गन्तव्यका लागि पर्याप्त सम्भावना भएर पनि करीब दुई दशकसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सो क्षेत्र ओझेलमा परेको थियो । 

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले चम्पादेवी मन्दिर तथा त्यस आसपास क्षेत्रका महत्व ओझेलमा परेको अहिलेको अवस्थामा आवश्यक पूर्वाधार विकासमा केही सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“चम्पादेवीदेखि चन्द्रागिरि र आसपासका क्षेत्रलाई समेट्दै एकीकृत पर्यटकीय विकास गर्न सरोकार भएकासँग सहकार्य गरिनेछ, त्यहाँको विकासका लागि दुवै नगरपालिकाको समन्वय र सहकार्य आवश्यक देखिन्छ ”, उहाँले भन्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल