४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको राहुघाट निर्माण अझै शुरु भएन

१८ फाल्गुन २०७४, शुक्रबार ०७:२२

फागुन  १८, म्याग्दी | ठेक्का सम्झौता भएको तीन महिना बिते पनि राहुघाट जलविद्युत् आयोजना निर्माणको काम शुरु हुन सकेको छैन । 

नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको ४० मेगावाट क्षमताको राहुघाट निर्माणका लागि गत मंसिर ७ गते भारतीय निर्माण कम्पनी जयप्रकाश एशोसिएट्ससँग रु छ अर्बमा ठेक्का सम्झौता भएको थियो । 

ठेक्का सम्झौता भएको तीन महिनासम्म पनि आयोजना निर्माण शुरु नहुँदा स्थानीय निराश भएका म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । “आयोजना निर्माणमा भएको ढिलाइले पुरानै समस्या दोहोरिने चिन्ता छ”, उहाँले भन्नुभयो, “सन् २०२१ सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि तीन महिना त्यत्तिकै बित्यो ।” 

आयोजना प्रमुख श्रीराम पाण्डेले ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकमा कम्पनी स्वीकृतिका लागि पठाएको पत्रको उत्तरको प्रतीक्षामा रहेको बताउनुभयो । बैंकले ठेक्का सम्झौता स्वीकृत गरेपछि निर्माण कम्पनीले काम अघि बढाउने उहाँको भनाइ छ । 

इञ्जिनियरिङ, प्रोक्योमेन्ट एण्ड कन्ट्र्याक्ट (इपिसी) मोडेलमा निर्माण हुन लागेको सो आयोजनाको सिभिल र हाइड्रोमेकानिकलको काम गर्न रु छ अर्बमा ठेक्का सम्झौता भएको छ । बत्तीस मेगावाट क्षमतामा डिजाइन गरिएको सो आयोजना पुनः डिजाइनका क्रममा आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको थियो । 

रघुगंगा गाउँपालीकाको पिप्ले, दग्नाम र झिँमा आयोजनाका लागि आवश्यक दुई सय ८२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण लगभग भइसकेको छ । बाँधस्थलमा निर्माण गर्नुपर्ने आधारशिविरका लागि थप जग्गा खरिद गर्न आयोजनाले अधिग्रहणको काम अगाडि बढाएको छ । 

राहुघाट कालीगण्डकीको सहायक नदी हो । उक्त आयोजना कम्पनी मोडेलमा निर्माण गर्न लागिएको छ । रघुगंगा गाउँपालीका– ३ पिप्लेमा रघुगंगा हाइड्रोपावर लिमिटेडको कार्यालय स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीनाथ दाहालले बताउनुभयो । कर्मचारी र सर्वसाधारणका लागि पनि सेयर बिक्री गर्ने योजना छ । 

रघुगंगा गाउँपालीकाको झिँ र दग्नामको सिमानामा बाँध रहने सो आयोजनाको विद्युतगृह बेनी जोमसोम सडक छेउमा पर्ने तिल्केनीचौरमा रहने बताइएको छ । पिप्लेमा आवासगृह भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

विद्युतगृहदेखि बाँध रहने ठाउँसम्म ट्याक खोलीएको छ । पुरानो कम्पनीले ६३ मिटर मात्र सुरुङ खनेको थियो । उक्त आयोजनाबाट उत्पादीत विद्युत कालीगण्डकी प्रशारण लाईनमार्फत केन्द्रिय प्रशारण लाईनमा जोडीने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै