४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामुदायिक भवन निर्माणका लागि निःशुल्क जग्गा

१९ फाल्गुन २०७४, शनिबार ०४:१७

फागुन १९, बाबियाचौर, म्याग्दी (रासस) | म्याग्दीको धौलागिरि गाउँपालिका– ३ घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि दुई व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । 

स्थानीयवासी दलबहादुर भण्डारी र भिमात्ती भण्डारीले रु दुई लाख ७५ हजार मूल्य बराबरको एक रोपनी छ आना जग्गा शुक्रबार वडा कार्यालयलाई दिनुभयो । दलबहादुरले रु ६५ हजार बराबरको छ आना र भिमात्तीले रु दुई लाख १० हजार. बराबरको एक रोपनी चार आना जग्गा वडा कार्यालयको नाममा रजिष्टे«शन पास गरेको भवन निर्माण समितिका अध्यक्ष ओमप्रसाद भण्डारीले बताउनुभयो । 

गाउँपालिकाको केन्द्र कायम भएको घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि गाउँसभाले चालु आर्थिक वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । सो बजेटमार्फत निर्माण हुन लागेको भवनका लागि आवश्यक जग्गा भण्डारीद्वयले वडालाई उपलब्ध गराउनुभएको हो । तीन सय जना क्षमताको सामुदायिक भवन निर्माण भएपछि सार्वजनिक कार्यक्रम, सभा, समारोह, प्रशिक्षण, तालीम, सांस्कृतिक कार्यक्रम गर्न सहज हुने वडाध्यक्ष पुर्म पुनले बताउनुभयो । 

अक्षयकोषमा रु साढे तीन लाख 

जटिल रोगबाट थलिएका विपन्न म्याग्देलीको उपचारका लागि सहयोग गर्न स्थापित अक्षय कोषमा जापानबाट रु साढे तीन लाख सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको नागोया क्षेत्रीय समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा सहभागीले ओमकुमारी शान्ति कोषले रु डेढ करोडको अक्षय कोष स्थापनाका लागि सञ्चालन गरेको अभियानमा उक्त रकम सहयोग गरेका हुन् । 

रु तीन लाख ५० हजार सहयोग गर्ने मोना नागोया क्षेत्रीय समितिलाई संस्थाको संस्थागत संरक्षक प्रदान गरिने संस्थाका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । मोना जापानका वरिष्ठ उपाध्यक्ष तथा एनआरएन जापान नागोया क्षेत्रीय संयोजक दीपक कार्कीले रु एक लाख ११ हजार १११ सहयोग गर्नुभएको छ । 

हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएकी बेनपा– ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतिमा स्थापित कोषले जटिल रोगबाट बिरामी भएका म्याग्दीका गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले रु एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरेको छ । 

विसं २०७२ मा स्थापित कोषले हालसम्म ५४ जनालाई रु ८० लाखभन्दा बढी उपचारका लागि सहयोग गरेको छ भने अक्षयकोषमा रु ६० लाखभन्दा बढी सहयोगको घोषणा भएको छ । अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले यसअघि कतार र बहराइनमा समेत कार्यक्रम गरिएको थियो । मिर्गाैला, मुटु, अर्बुद, रक्तअर्बुदलगायत जटिल रोगबाट प्रभावित भएका बिरामीलाई कोषले उपचारका लागि सहयोग गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै