२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङको नेपाल भारत सीमा क्षेत्रमा स्तम्भ पुनःनिर्माण

२०७४, १९ फाल्गुन शनिबार ०६:४९

फागुन १९, दाङ | दाङको नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनःनिर्माण गरिएको छ । 

भारतसँग जोडिएको दाङ भू–भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन् । ७७ मध्ये ३७ मुख्य र ४० वटा सहायक रहेका छन् । तीमध्ये हालसम्म नेपाल र भारतले ५९ वटा सीमा स्तम्भ मर्मत गरिसकेका छन् । 

नेपालले १४ मुख्य र २१ सहायक सीमा स्तम्भको निर्माण गरिसकेको छ भने बाँकी चार मुख्य र एक सहायक सीमा स्तम्भ बनाउन बाँकी रहेको बताएको छ । नेपाल र भारत सरकारको सहमतिअनुसार नेपालले विजोर र भारतले जोर संख्याका सीमा स्तम्भ मर्मत गरिरहेको बताएको छ । 

निर्माण तथा मर्मतको कामसँगै पेन्टिङ र नम्बरिङ भइरहेको सीमा सुरक्षा बल कोइलावासका सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीले जानकारी दिनुभयो । लामो समयसम्म सीमास्तम्भको मर्मत नहँुदा सीमा क्षेत्रनै मेटिने अवस्थामा रहेको थियो । नेपालको तर्फबाट नापी विभागका चिफ सर्वे अफिसर बलराम पोख्रेल र भारतको तर्फबाट एसएसबिका अनुरागकुमार शर्माको टोली सीमा स्तम्भको पुनःनिर्माण र मर्मतमा खटिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै