२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अंकले घट्यो शेयर बजार

२०७४, २१ फाल्गुन सोमबार ११:३८

फागुन २१, काठमाडौँ | लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । 

आइतबार ४१ अंकले घटेको बजार आज १६.६९ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७.७४ बिन्दुमा पुगेको छ । 

‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.२४ बिन्दुले घटेर २७३.५६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज नौ लाख ७७ हजार ४७ कित्ता शेयर रु ३९ करोड ५२ लाख १७ हजार मूल्यमा कारोबार भएको छ । 

उपसूचकतर्फ व्यापार र होटल समूहको शेयरको मूल्य बढे पनि अरु उपसूचक भने घटेका छन् । व्यापार समूह ६.८५ र होटल २.४८ बिन्दुले उकालो लाग्दा बैंकिङ ९.८७, विकास बैंक ११.४, जलविद्युत् ४५.४, फाइनान्स ६.०९, बीमा ११९.२१, उत्पादन ४६.४७, अन्य १०.१९ र माइक्रोफाइनान्स ४३.७६ बिन्दुले घटेका छन् । 

गलत हल्लाले घट्यो बजार 

शेयर बजारको विश्लेषण गर्दै आउनुभएका विश्लेषक नीरव पुडासैनीका अनुसार गलत हल्लाका कारण बजार ओरालो लागेको हो । बजारमा हकप्रद तथा बोनस शेयरको पनि दबाब रहेका बेला अर्थमन्त्री डा युवराज खतिवडाको भनाइलाई गलत तवरले व्याख्या गरिएका कारण बजार प्रभावित भएको उहाँको टिप्पणी छ । 

शेयर लगानीकर्तालाई नआत्तिइकन धैर्यता राख्न र संयमित हुन आग्रह गर्दै विश्लेषक पुडासैनीले केही समय समस्या देखिए पनि अन्ततः बजार उकालो लाग्ने विश्वास व्यक्त गर्नुभयो । गलत हल्लाका कारण पनि बजार प्रभावित भएको भन्दै त्यस्तो हल्लाका पछाडि नलाग्न शेयर बजारका जानकारले आग्रह गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त