४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अंकले घट्यो शेयर बजार

२१ फाल्गुन २०७४, सोमबार ११:३८

फागुन २१, काठमाडौँ | लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । 

आइतबार ४१ अंकले घटेको बजार आज १६.६९ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७.७४ बिन्दुमा पुगेको छ । 

‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.२४ बिन्दुले घटेर २७३.५६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज नौ लाख ७७ हजार ४७ कित्ता शेयर रु ३९ करोड ५२ लाख १७ हजार मूल्यमा कारोबार भएको छ । 

उपसूचकतर्फ व्यापार र होटल समूहको शेयरको मूल्य बढे पनि अरु उपसूचक भने घटेका छन् । व्यापार समूह ६.८५ र होटल २.४८ बिन्दुले उकालो लाग्दा बैंकिङ ९.८७, विकास बैंक ११.४, जलविद्युत् ४५.४, फाइनान्स ६.०९, बीमा ११९.२१, उत्पादन ४६.४७, अन्य १०.१९ र माइक्रोफाइनान्स ४३.७६ बिन्दुले घटेका छन् । 

गलत हल्लाले घट्यो बजार 

शेयर बजारको विश्लेषण गर्दै आउनुभएका विश्लेषक नीरव पुडासैनीका अनुसार गलत हल्लाका कारण बजार ओरालो लागेको हो । बजारमा हकप्रद तथा बोनस शेयरको पनि दबाब रहेका बेला अर्थमन्त्री डा युवराज खतिवडाको भनाइलाई गलत तवरले व्याख्या गरिएका कारण बजार प्रभावित भएको उहाँको टिप्पणी छ । 

शेयर लगानीकर्तालाई नआत्तिइकन धैर्यता राख्न र संयमित हुन आग्रह गर्दै विश्लेषक पुडासैनीले केही समय समस्या देखिए पनि अन्ततः बजार उकालो लाग्ने विश्वास व्यक्त गर्नुभयो । गलत हल्लाका कारण पनि बजार प्रभावित भएको भन्दै त्यस्तो हल्लाका पछाडि नलाग्न शेयर बजारका जानकारले आग्रह गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै