४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा विद्युतीय भुक्तानी शुरु, बुधबारदेखि पर्वतमा

२३ फाल्गुन २०७४, बुधबार ०८:५४

फागुन २३, बाबियाचौर | म्याग्दीका सरकारी कार्यालयमार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) शुरु भएको छ । 

कोष तथा लेखा नियन्त्रकको कार्यालयले मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरिएको हो । बेनीबाट प्रकाशन हुने नवविकल्प साप्ताहिकलाई पहिलो पटक ई–पेमेन्टमार्फत भुक्तानी गरिएको थियो । 

सरकारी कार्यालयमार्फत व्यक्ति, आपूर्तिकर्ता, निर्माण व्यवसायी, उपभोक्ता समितिलाई गर्ने भुक्तानीलाई सरल, सजिलो र छिटो बनाउन विद्युतीय प्रविधिको प्रयोग गरिएको कोष तथा लेखा नियन्त्रक छवीन्द्र बेल्वासेले बताउनुभयो । उहाँका अनुसार विद्युतीय भुक्तानी प्रणालीमार्फत सफ्टवेयरको प्रयोग गरेर कार्यालयको खाताबाट सिधै भुक्तानी पाउनेको खातामा रकम जम्मा हुने भएकाले चेक बनाउन कोलेनिका पुग्न, चेक साट्न बैंकको शाखामा पुग्न र लाइन बस्नुपर्ने झन्झटको अन्त्य भएको छ । 

ई–पेमेन्ट सुविधाका लागि इन्टर पेमेन्ट सिस्टममा सदस्य भएका बैंकमा खाता भएको हुनुपर्ने कोष नियन्त्रक बेल्वासेले बताउनुभयो । सेवाको शुभारम्भ गर्दै जिल्ला न्यायाधीश राजकुमार कोइरालाले छिटोछरितो सेवा प्रवाह, आर्थिक अनुशासन कायम गर्नका लागि विद्युतीय भुक्तानी प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 

महालेखा नियन्त्रकको कार्यालयका उपमहानिर्देशक नेत्रप्रसाद भट्टले वित्तीय सुशासनलाई प्रभावकारी बनाउन विद्युतीय भुक्तानी प्रणाली लागू गरिएको बताउनुभयो । गत वर्ष सिंहदरबारका मन्त्रालयमा लागू गरिएको विद्युतीय भुक्तानी प्रणालीको परीक्षण सफल भएपछि आगामी वैशाखदेखि ७७ वटै जिल्लामा विस्तार गर्ने तयारी भएको जानकारी दिनुभयो । 

मलेनिकाका लेखा अधिकृत सोमनाथ सुवेदीले काठमाडौँ उपत्यकापछि बागलुङ र म्याग्दीमा शुरु गरिएको विद्युतीय भुक्तानी प्रणाली बुधबारदेखि पर्वतमा समेत लागू गर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद