२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा विद्युतीय भुक्तानी शुरु, बुधबारदेखि पर्वतमा

२०७४, २३ फाल्गुन बुधबार ०८:५४

फागुन २३, बाबियाचौर | म्याग्दीका सरकारी कार्यालयमार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) शुरु भएको छ । 

कोष तथा लेखा नियन्त्रकको कार्यालयले मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरिएको हो । बेनीबाट प्रकाशन हुने नवविकल्प साप्ताहिकलाई पहिलो पटक ई–पेमेन्टमार्फत भुक्तानी गरिएको थियो । 

सरकारी कार्यालयमार्फत व्यक्ति, आपूर्तिकर्ता, निर्माण व्यवसायी, उपभोक्ता समितिलाई गर्ने भुक्तानीलाई सरल, सजिलो र छिटो बनाउन विद्युतीय प्रविधिको प्रयोग गरिएको कोष तथा लेखा नियन्त्रक छवीन्द्र बेल्वासेले बताउनुभयो । उहाँका अनुसार विद्युतीय भुक्तानी प्रणालीमार्फत सफ्टवेयरको प्रयोग गरेर कार्यालयको खाताबाट सिधै भुक्तानी पाउनेको खातामा रकम जम्मा हुने भएकाले चेक बनाउन कोलेनिका पुग्न, चेक साट्न बैंकको शाखामा पुग्न र लाइन बस्नुपर्ने झन्झटको अन्त्य भएको छ । 

ई–पेमेन्ट सुविधाका लागि इन्टर पेमेन्ट सिस्टममा सदस्य भएका बैंकमा खाता भएको हुनुपर्ने कोष नियन्त्रक बेल्वासेले बताउनुभयो । सेवाको शुभारम्भ गर्दै जिल्ला न्यायाधीश राजकुमार कोइरालाले छिटोछरितो सेवा प्रवाह, आर्थिक अनुशासन कायम गर्नका लागि विद्युतीय भुक्तानी प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 

महालेखा नियन्त्रकको कार्यालयका उपमहानिर्देशक नेत्रप्रसाद भट्टले वित्तीय सुशासनलाई प्रभावकारी बनाउन विद्युतीय भुक्तानी प्रणाली लागू गरिएको बताउनुभयो । गत वर्ष सिंहदरबारका मन्त्रालयमा लागू गरिएको विद्युतीय भुक्तानी प्रणालीको परीक्षण सफल भएपछि आगामी वैशाखदेखि ७७ वटै जिल्लामा विस्तार गर्ने तयारी भएको जानकारी दिनुभयो । 

मलेनिकाका लेखा अधिकृत सोमनाथ सुवेदीले काठमाडौँ उपत्यकापछि बागलुङ र म्याग्दीमा शुरु गरिएको विद्युतीय भुक्तानी प्रणाली बुधबारदेखि पर्वतमा समेत लागू गर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार