२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२७ बैंकद्वारा एनआईसी एसियासँगको कारोबार बन्द

२०७४, २५ फाल्गुन शुक्रबार ०८:१२

२५ फागुन, काठमाडौं । २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् ।


बैंकर्स संघले नै एनआइसी एसिया बैंकसँग तत्काल कुनै पनि कारोबार नगर्ने निर्णय गरेको छ । एनआईसी एसियाले ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै संघको यस्तो ‘एक्सन’ लिएको हो ।

शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एसियासँग कुनैपनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेका थिए । सहमति लगत्तै एनआईसी एसिया बैंकले बचतको ब्याजदर ८ प्रतिशतमा ओरालेको दावी बैंकर्स संघको छ ।

तर, बिहीबार फेरि एनआईसी बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेको थियो ।

त्यसैअनुसार सूचना सार्वजनिक भएपछि बैंकर्स संघले शुक्रबार बिहान बैंकको ब्याजदर बढाउने निर्णयमाथि समीक्षा गनै बैठक बोलाएको थियो ।

एनआईसीको सञ्चालक समितिले ब्याजदर बढाउने निर्णय गरे लगत्तै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल विदामा बसेका छन् । उनले बैंकर्स संघमा गरेको प्रतिवद्धता विपरीत बोर्डको निर्णय आएपछि नैतिकताको कारण देखाउँदै राजीनामा दिएको दावी बैंकर्स संघको दावी छ ।

‘एनआईसी एसिया बैंकका पछिल्ला गतिविधिले बैंकिङ क्षेत्रमा सिस्टमेटिक रिस्क ल्याउने देखेकाले तत्कालका लागि इन्टर बैंक ट्रान्ज्याक्सन बन्द गर्ने निर्णयमा पुगेका हौं,’ अध्यक्ष ढुंगानाले भने,’बैंकमा सीईओले पनि राजीनामा दिएपछि बैंकिङ प्रणालीमा जोखिम देखेपछि एनआईसीसँगको कारोबार बन्द गरेका हौं ।’

एनआईसी एसिया बैंकका असिस्टेन्ट प्रमुख कार्यकारी अधिकृत सुधीर पाण्डेले आफूहरुले बीचमा ब्याजदर नघटाएको दावी गरे । उनले सीईओले राजीनामा पनि नदिएको दावी गरे ।

बैंकर्स संघले ब्याजदरबारे नियमन गर्न नमिल्ने भन्दै उनले राष्ट्र बैंकको नियमभित्रै रहे ब्याजदर वृद्धिको निर्णय भएको उनले बताए ।

उनले तरलता अभाव कम गर्न १० प्रतिशत ब्याजदर दिनुपरेको स्पष्ट गर्दै पाण्डेले जनताले पाउने ब्यादर मुद्दती खातामा १ प्रतिशत बढाइएको बताए ।

यस विषयमा थप छलफल गर्न बैंकर्स संघले आइतबार पनि बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से