२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केन्द्रीय कारागारको निर्माण कार्य तीब्र गतिमा

२०७४, २५ फाल्गुन शुक्रबार ०८:५२

रामहरि न्यौपाने/फागुन २५, नुवाकोट | नुवाकोट विदुर नगरपालिका–६ खम्बाक्याम्पस्थित केन्द्रीय कारागारको भवन निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । 

केन्द्रीय कारागार निर्माणका लागि दोस्रोचरणमा एक हजार ५०० बन्दी क्षमताको बन्दीगृह र आवश्यक भौतिक पूर्वाधार निर्माण भइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । 

“काठमाडाँै उपत्यकालाई कैदीमुक्त बनाउन निर्माणाधीन भवनलाई तीव्र बनाउन निर्देशन दिएका छौ,” महानिर्देशक आचार्यले भन्नुभयो, “विसं २०७६ कात्तिकदेखि केन्द्रीय कारागारका कैदीलाई यहाँ ल्याउने योजना छ ।” 

हाल एक हजार ५०० कैदी राख्नका लागि पाँचवटा भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक÷एक वटा आवसीय भवन तथा प्रशासनिक भवन निर्माण कार्य भइरहेको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोटमार्फत रु ४२ करोडको लागतमा उक्त भवनको निर्माण भइरहेको छ । उक्त भवनको निर्माण कार्य लामा–‘रमण जेबी कन्ट्रक्सन’ मार्फत भइरहेको जनाएको छ । 

विसं २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानन्तरण गर्ने निर्णय गरेको थियो । चरणवद्ध रुपमा यसको निर्माण कार्य भइरहेको छ, यसका लागि बजेटको कुनै खास समस्या नरहेको विभागका उपसचिव विष्णुप्रसाद निरौलाले बताउनुभयो । 

“पहिलो चरणमा कारागारको जग्गा तारबार गरी एकीकृत गर्ने काम भयो, दोस्रोचरणमा भवन निर्माण कार्यलाई तीव्र बनाएको छ”, उहाँले भन्नुभयो, “अर्को सातादेखि बाँकी भौतिक संरचनाको निर्माण र बजेट तर्जुमा गर्न लागिरहेका छ ।” 

कारागार निर्माणका लागि यहाँको ५३४ रोपनी सरकारी जग्गा विभागको नाममा स्वामित्व हस्तान्तरण भइसकेको छ । यौनिक तथा लैङ्कि अल्पसंख्यकको मानवअधिकारको सम्मान गर्दै निर्माणाधीन कारागारमा समलिङ्गी, तेस्रोलिङ्गी, पुरुष र महिलाको भिन्दा÷भिन्दै कक्ष बनाउने ‘गुरुयोजना’ रहेको केन्द्रीय कारागारका जेलर गणेश भट्टराईले बताउनुभयो । 

“दशवटा ब्लक रहने कारागारमा जघन्य अपराधमा संलग्न, मानसिक बिरामी तथा २१ वर्षभन्दा कम र माथि उमेरका कैदीलाई राख्न भिन्न÷भिन्न भवन बनाइने छ,” जेलर भट्टराईले भन्नुभयो, “कैदीबन्दीको प्रजनन अधिकार रक्षाका लागि दम्पत्ती भेटघाट कक्षसमेत बनाउने कार्यका लागि अध्ययन भइरहेको छ ।” 

उहाँकाअनुसार संघीय संरचनाअनुसार यो कारागार केन्द्रीय कारागार हुने र सात प्रदेशमा प्रादेशिक कारागार तथा सबै जिल्लामा एक÷एक कारागार छुट्टै बनाउने लक्ष्य छ । 

निर्माणाधिन केन्द्रीय कारागारमा खेल मैदान, अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवद्र्धन केन्द्र, योगकेन्द्र र किरियापुत्री कक्ष रहने गरी योजना तयार भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह