२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्लोबल आइएमई बैंकमा एक निन्द्रा… !

२०७४, २५ फाल्गुन शुक्रबार १२:२३

अनिल अधिकारी | फागुन २५, काठमाडौँ | बैंकको सेवा सहजता भन्दा झन्झटिलो बन्दै गएका छन् | सामान्य अवस्थामा बैंकले ५ मिनेटमा सेवा दिन सक्छन तर काठमाडौँका अधिकांश ठूला बैंकमा घन्टौं लाइन बस्दाको पीडा उपभोक्तालाई राम्ररी अनुभव भएकै कुरा हो | 

त्यसमा पनि बैंकले सामान्य कुराहरुमा पनि आफ्ना उपभोक्तालाई सतर्कता नगराउंदा वा सूचना नदिंदा बिभिन्न झंजट व्याहोर्नुपर्ने स्थिति छ | त्यसमा पनि बाक्लो लाइनमा बसेर सेवा लिनु त आम समस्या जस्तै भईसकेको छ | 

मैले जे भोगें… 

काठमाडौँको पानीपोखरी स्थित ग्लोबल आईएमई बैंकमा शुक्रबार सेवा लिन पुग्दा ३ बजेर ३ मिनेट गएको थियो | २०२ नम्बरको टोकन लिएर कुर्सीमा बस्दा १७५ नम्बरको पालो आएको थियो | म बसेको झन्डै १० मिनेट कुर्दा पनि २/३ जनाले मात्र सेवा लिएको कारण ढिलाई हुने बुझेर म कुर्सीमै निदाउन पुगेछु | सायद त्यतिखेर ३ बजेर १५ मिनेट जति गएको थियो | एक्कासी ४ बजे मेरो आँखा खुल्यो त्यो पनि संगै बस्ने एक जना दाजुको आक्रोशले- उनि झर्किएर बोले – 'थेट… कस्तो बैंक… ? कति बेर लगाएको ? एक घण्टा भईसक्यो … !' त्यतिखेरसम्म मेरो पालो गयो कि भनेर हेर्दा भर्खर १९४ नम्बरको पालो आएको रहेछ | मैले मनमनै सोचें ४५ मिनेटमा जम्मा १४ जनाले सेवा लिएछन्- कारण बुझ्दा एउटा मात्र काउन्टरबाट काम भईरहेको थियो | आफुसंगै सेवा लिन बसेकाहरुलाई हेरें, कोहि जिउ तन्काउँदै थिए त कोहि टाउको कनाउँदै थिए | ढिलाईको कारण सबैको अनुहारमा अर्कै खालको भित्री आक्रोश थियो | सायद सबै मनमनै बैंकको ढिला-सुस्तीलाई गालि गर्दै थिए | 

बाध्य भएर २०२ नम्बर कुरेको मलाई १९८ नम्बरको पालो आउँदा निकै झोक चल्यो | झन्डै १० मिनेट त्यहि नम्बरले लियो | त्यतिबेलासम्म डेढ घण्टादेखि पालो कुरिरहेको उपभोक्ताप्रति बैंकले कुनै सहानुभूति देखाएन र देखाउला भन्ने आशा पनि मैले राखिन | किनकी ग्लोबल आइएमईमा सेवा लिईरहेको म कहिलै सामान्य रुपमा सेवा लिएको अनुभव गर्दिन | बैंक छिरेपछि २० मिनेटदेखि १ घण्टा बानीनै परेको छ | 

मैले बैंकको ढिला-सुस्तीको हिसाव गरें – उसको सेवा लिन बसेका झन्डै ३० जना थिए त्यतिखेर | पालो कुर्दै बसेका हरेकको कम्तिमा १/१ घण्टाको दरले पनि ३० घण्टा बैंकले खाईसकेको थियो | यदी उसलाई उपभोक्ताको समयको ख्याल थियो भने उसले पक्कै पनि १०/१५ मिनेटमै सेवा दिने कोसिस गर्थ्यो तर त्यसो हुन सकेन | 

झन्डै ४ बजेर २० मिनेट पछी २०२ नम्बरको पालो आयो अर्थात मेरो | ठुलो राहत पाएजस्तो गरेर काउन्टर पुगें तर काउन्टरमा बस्नेले भने – 'तपाइको एकाउन्टबाट पैसा झिक्न मिल्दैन |' मैले कारण सोधें, उनले भने 'तपाइको एकाउन्ट कल एकाउन्ट बनेको छ त्यसैले मिल्दैन |' मेरो आक्रोश पोखियो – 'अस्तिसम्म पैसा झिकिरहेको एकाउन्ट कसरी कलमा गयो ?' उनले भने – 'मलाई यस बिषयमा नसोध्नुस उता गएर सोध्नुस |' 

माथिको घटना सामान्य लाग्छन् कारण प्राय ठूला बैंकले यस्तै व्यवहार गर्छन | गम्भीर भएर सोच्ने हो भने यो सामान्य लाग्ने कुरा कति गम्भीर छ भन्ने कुरा भोग्नेलाई नै थाहा हुन्छ | बैंकमा लाइन बस्दाको सांस्ती धेरैले भोगेको कुरा हो | तर आवश्यकता अनुसार कर्मचारी खटाएर उपभोक्तालाई सहज बनाउने प्रयास नगर्दा वा उपभोक्तालाई सानो काममा पनि सांस्ती दिंदा बैंकहरु झन्जटिलो मानिन थालिएको छ | 


यसै बिषयमा केहि समय अगाडी ग्लोबल आइएमईको कर्पोरेट कार्यालय कमलादीमा सम्पर्क गर्दा त्यहाँका एक जना स्टाफले टेलिफोनमै थेग्न नसक्ने गरि बैंक खाता खुलेकोले सेवा असहज भएको भन्दै गैरजिम्मेवारपूर्ण  जवाफ दिएका थिए | 

आज पनि आफ्नो गुनासो पोख्न बैंकलाई पटक-पटक फोन गर्दा कुनै फोन उठेन | 

माथिको घटना सामान्य लाग्लान तर उपभोक्ताको समयलाई बैंकले ख्याल गर्नुपर्छ कि पर्दैन ? सेवाग्राहीहरुले बैंकमा भोग्नुपरेको समस्या, उपभोक्तालाई गरिने व्यावहार देखि दैनिक बिग्रने एटिएम काउन्टरको कारण बैंकको भरपर्दो सेवा पछिल्लो समय निकै खस्कदै गएको छ | उपभोक्ताहरुको अनुसार ग्लोबल आईएमई बैंकका चाबहिल, बसुन्धारा, पानीपोखरी, गोंगबु, बनस्थली, न्युरोड लगायत साखा कार्यालयहरुमा घन्टौ लाइन बस्नुपर्ने बाध्यता छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने