४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङ बसपार्क निर्माणका लागि सम्झौता

२६ फाल्गुन २०७४, शनिबार ०६:५२

फागुन २६, बागलुङ | (रासस) | वर्षौंसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको काम अघि बढ्ने भएको छ । 

बसपार्क निर्माणका लागि बागलुङ नगरपालिका कार्यालय र नगर विकास कोषबीच शुक्रबार ऋण सम्झौता भएको छ । केही अनुदान र केही ऋण उपलब्ध गराउने गरी सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । रु १० करोड ४६ लाख ८७ हजार कूल लागतमध्ये कोषले रु नौ करोड चार लाख ३९ हजार ऋण उपलब्ध गराउने छ । 

सरकारकोतर्फबाट रु ७५ लाख ३६ हजार ऋण तथा नगरपालिकाको समपूरक कोषबापतको रु २५ लाख १२ हजार हुने सम्झौतापत्रमा उल्लेख छ । यस्तै अनुदानतर्फ जर्मन वित्तीय सहयोग संस्थाबाट रु १० लाख, नेपाल सरकारको रु १८ लाख ८९ हजार र नगरपालिका समपूरक कोषबापतको रु १३ लाख नौ हजार उपलब्ध हुनेछ । 

राष्ट्रिय सडक सञ्जालमा जोडिएको २५ वर्ष बित्दासमेत बागलुङमा व्यवस्थित बसपार्क बन्न सकेको थिएन । बसपार्क बनाउन स्थानीयवासीले रु ७० करोड पर्ने जग्गा निःशुल्क उपलब्ध गराउँदा पनि बसपार्क बनाउने योजना अवरुद्ध हुँदै आएको थियो । तीन वर्षअघि स्थानीयवासीले साढे १७ रोपनी जग्गा नगरपालिकालाई हस्तान्तरण गरेका थिए । 

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको समेत केन्द्र रहेको बागलुङमा व्यवस्थित बसपार्कको आवश्यकता खड्किँदै आएको छ । अहिले बागलुङ नगरपालिका–३ चिप्लेटीमा अव्यवस्थितरुपमा अस्थायी बसपार्क सञ्चालित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता