२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आर्थिक समृद्धिका लागि उद्यमशीलता जरुरी

२७ फाल्गुन २०७४, आईतवार १४:२५

फागुन २७, काठमाडौँ | मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।  आइतबार मिडिया इन्टरनेशनलको स्थापना दिवसको अवसरमा आयोजित समृद्धिको बाटो वृहत आर्थिक कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । 

कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले कृषि क्षेत्रलाई व्यवसायिक बनाउनुपर्ने बताए । मुलुकमा विद्युत्, सडक लगायतको विकाससँगै राजनीतिक स्थिरता समेत आइसकेकाले अबको बाटो भनेको उद्यमशीलता हुनुपर्ने उनले बताए । भौगोलिक विविधता रहेको नेपालको हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै किसिमका कृषि व्यवसाय रु गरेर मुलुकको आर्थिक विकासमा टेवा पुर्याउन र आफ्नो जीवनस्तर उकास्न सकिने उनको भनाई थियो । 


कार्यक्रममा पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले राजनीतिक दलहरुले पनि अब आर्थिक मुद्धा उठाउन थालेको बताए । आर्थिक समृद्धिका लागि मुलुकमा प्रशस्त सम्भावना रहेको भन्दै उनले उक्त सम्भावनालाई विकासमा बदल्नका लागि राज्यले प्राविधिक र वित्तीय सहयोगका साथमा बजारको समेत व्यवस्था गर्नुपर्ने बताए । हरेक  व्यक्तिले राष्ट्रिय भाव राखेर उद्यमशीलतामा लाग्नु जरुरी रहेको उनको भनाई थियो । 


त्यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले मुलुकका सबै क्षेत्रको फोकस आर्थिक समृद्धितर्फ हुनुपर्ने र यसका लागि उद्यमशीलताको विकास अत्यावश्यक रहेको उल्लेख गरे । ससाना आर्थिक क्रियाकलापलाई राष्ट्रिय अर्थतन्त्रको मुलधारमा ल्याउनका लागि राज्य आफैँ सक्रिय भएर लाग्नुपर्ने उनले बताए । यसका लागि मुलुकको राष्ट्रिय अर्थनीतिका तीन खम्बाहरु सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त  पहल हुनुपर्नेमा उनले जोड दिए । 



उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेले मुलुकभित्र प्रशस्त सम्भावना हुँदाहुँदै पनि आयात  बढिरहेको, निर्यात घटिरहेको, युवा विदेशिएको र खेतबारी बाँझो रहेको भन्दै अब मुलुकको समृद्धिका लागि सरकार र जनता सबै मिलेर लाग्नुपर्ने बताए । मुलुकमा राजनीतिक स्थिरता आइसकेको र विद्युत्, सडक लगायतको विकास द्रुतगतिमा भइरहेको उल्लेख गर्दै उनले अब राष्ट्रियताको भावना बोकेर सबैले  आआफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए ।

त्यसैगरी निर्धन उत्थान बैंकका सीईओ जनार्दन देव पन्तले बेरोजगारीका कारण मुलुकमा गरीबी बढेको उल्लेख गर्दै अब स्वरोजगारी सिर्जना गर्ने तथा उद्यमी बन्नेतर्फ लाग्नुपर्ने बताए । कम्तीमा एक घरमा एक जना उद्यमशीलतामा लाग्नु आवश्यक रहेको उनको भनाई थियो । माइक्रोफाइनान्सहरुका कारणले थुप्रै महिला उद्यमी बनेको बताउँदै उनले अब युवाहरुको श्रम, सीप र जाँगरलाई व्यवसायमा रुपान्तरण गर्ने बेला आएको उल्लेख गरे ।


कार्यक्रममा बोल्दै मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले जोस, जाँगर र आँट भए ठूलो पुँजीविना पनि उद्यमशीलता हासिल गर्न सकिनेमा जोड दिए । प्रविधि, शिक्षा र पुँजीको अभाव भएका व्यक्तिहरुले समेत जोस र जाँगरबाट राम्रो आम्दानी गर्नुका साथै रोजगारी दिनेसम्मको हैसियत बनाएको उदाहरणहरु दिँदै उनले पढेका र बुझेका युवाहरुले चाहेमा मुलुकको आर्थिक समृद्धि टाढा नरहेको बताए ।


कार्यक्रमलाई समापन गर्दै हिमालयन कलेज अफ एग्रिकल्चर एण्ड सोसियल साइन्सेज (हिकाष्ट)का अध्यक्ष विनायक राजभण्डारीले मुलुकको समृद्धिमा युवाहरु जागरुक भएर लाग्नुपर्ने बताए । 


मिडिया इन्टरनेशनलको आयोजना, हिकाष्टको प्रवद्र्धन एवम् राष्ट्रिय व्यापार संघ र युनिक एड्भेन्चर्स प्रालिको सहकार्यमा सम्पन्न कार्यक्रममा लघुवित्तबाट कर्जा लिएर उद्यमी बनेका महिलाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा लघुवित्तबाट कर्जा लिएर उद्यमी बनेका व्यक्तिहरुको सफलताको कथामा अधारित र मिडिया इन्टरनेशनलको सफलतामा आधारित दुई वटा डकुमेन्ट्री पनि देखाइएको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल