४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सड्क पुग्दा ८१ बर्षिया बृद्धाका खुसिका आँशु

२८ फाल्गुन २०७४, सोमबार १३:३६

टेकबहादुर शाही÷फागुन २८ डोल्पा । सपना जस्तै गरि सड्क पुगे पछि ७२ बर्षिया बुढाले हर्षका आसु बगाए । डोल्पा जिल्लाको ठुलीभेरि नगरपालिका वडा न ५ मा आन्तरिक सड्क पुगेपछि लाहाराका स्थानीय ८१ बर्षिया रुद्ध बुढाले हर्षका आसु बगाएका थिए । मेरो सास छदै सड्क पुग्ला यसरि गाडि आउला भन्ने सोचेको थिएन तर आफनै आखाले आफनै गाउ सम्म गाडि गुडेको देख्न पाउदा हर्षका आसु रोक्न सकिन बुढा भक्कानिए । उनले भने भगवान खोज्न कतै जानु पर्दैन बिकास गरिदिने भगवान हुन हाम्रो भोटको मुल्य पाइयो ।

“भिरको बाटो खनिखनि मोटर ल्यायो चाइनाले नपत्याए हेर ऐनाले”भन्दै गित गुनगुनाएर रिवन काट्न आएका नगरप्रमुखलाइ ७१ बर्षिया कर्णराम बुढाले स्वागत गरे । उनले भने यसरि मेरै पालामा गाडि गुडेको हेर्न पाउला भन्ने कल्पान पनि गरेको थिएन । भगवानले मेरो ईच्छा पूरा गरे हर्ष बिभोल हुन्छन । उनि हर्षका आसु पोख्दै भन्छन मेरा सन्तानले सुख पाउने भए अब म मरे पनि कुनै गुनासो छैन । 


राष्ट्रिय सड्क सञ्जालमा नजोडिएको डोल्पा जिल्लामा आन्तरिक सड्क भने धमाधम निमार्ण भइ रहेका छन । सोहि अनुसार ठुलीभेरीनगरपालिकाको जुफालबाट साबिकको माझफाल गाविसमा आन्तरीक सड्क बिस्तार गरिएको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारि दिए । उनका अनुसार स्थानीय सरकारको कुल १ करोड लागतमा ११ किलोमिटर आन्तरीक सड्क निमार्ण गरि सञ्चालन गरेको बताए ।

साना बालवालिका देखि महिला र ७२ बर्षे बृद्ध सम्म आन्तरीक सड्क उद्धघाटनमा स्वागत गर्न उपस्थित भएका थिए । सञ्चारको  सुबिधा राम्रोसंग लिन नपाएका हामी जनताले गाउमा सड्क पुगेको देख्दा निकै भाग्य मानि ठान्छौ स्थानीय गोपि बुढाले बताइन । उनि भन्छिन सड्क पुगे पछि धेरै कुरा सहज हुन्छ पसिना पुछ्दै भारि बोक्नु पर्ने दिन गए । 


राष्ट्रिय सड्कमा डोल्पा जोडिन केहि किलोमिटर मात्र बाँकी रहदा आन्तरीक सड्क बिस्तारले तित्र्रता पाएका छन । सड्क नै पहिलो बिकासको पाटो भएको र शिक्षा,सञ्चार त्यसपछि उनिहरुका चाहना अनुरुप पूरा गर्दै जाने बताउदै आन्तरिक सड्क आफनो प्राथमिकता रहेको नगर प्रमुख शाहीले जानकारि दिए । उनका अनुसार नगरपालिकाको आन्तरिक सड्क माझफालकै सड्क पहिला कालो पत्रे बनाउने प्रतिबद्धता जनाए । उनले भने बिकास बाधक बन्ने जनप्रतिनिधिनै होइन जनताले सेवा पाउनु पर्छ । 

हाल डोल्पा जिल्लामा करिव ४३ किलोमिटर आन्तरिक सड्क सञ्चालनमा आइ रहेको छ । नया सञ्चालनमा आएको माझफालको सड्क दुरी हेर्दा नजिक भए पनि घुम्तीहरु धेरै भएको कारण ११ किलोमिटर हाराहारी पुगेको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारि दिए । उनले भने अब करिव ७ करोड लागतमा रुकुमको सिमाना सम्म सड्क बिस्तार हुने बताए । 


एक फरक प्रसंगमा नगरप्रमुख शाहीले भने म राजनितिज्ञ होइन तर इमान्दार कार्यकर्ता भने हु । म जनताको जनमतबाट जनताको सेवा गर्न आएको हु जनताको काम रोकिदैन । अबको एक महिना भित्र सबै वडामा कर्मचारिहरु भर्ना गराएर भए पनि जनताको काममा कुनै बाधा आउन नदिने बताए । उलने भने नगरपालिकाको केन्द्रको कुरा गलत नभएर नितिगत रुपमा बहुमतले केन्द्र सारेको दावी गरे । 

जुफालको सेराबाट जिरो किलोमिटरमा निमार्ण भएको उक्त सड्क माझफाल र जुफालको सिमानामा पर्ने माथिलाक्ना भन्ने स्थान सम्म आइतबार नगप्रमुख गणेशबहादुर शाहीले रिवन काटेर उद्धघाटन गरेको स्थानीय बिष्णु बहादुर बुढाले जानकारि दिए । उनका अनुसार जनताको दुख दैनिक घट्दो छ आन्तरिक सड्क बिस्तारले जनताले निकै सेवा पाउनेछन । उनले भने स्थानीय सरकारको अनुभुति भनेकै यहि हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ