४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धरहरा पुनःनिर्माणका लागि छलफल शुरु

२ चैत्र २०७४, शुक्रबार ०६:१६

चैत २, काठमाडौँ | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन सरोकारवाला निकायसँग छलफल शुरु गरेको छ । 

नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनःनिर्माण गर्न नसक्ने बताएपछि प्राधिकरणले नै गर्नेबारे छलफल अघि बढाएको हो । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बिहीबार बसेको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङ, प्राधिकरणका सचिव मधुसूदन अधिकारी, कार्यकारी सदस्यहरु डा हरिराम पराजुली, डा चन्द्रबहादुर श्रेष्ठ, धु्रवप्रसाद शर्मा, विष्णु भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख डुण्डुराज घिमिरे, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायत विज्ञ समूहका सदस्यको उपस्थिति थियो । 

बैठकमा प्रमुख कार्यकारी अधिकृत भुसालले निर्माण पूर्वका सबै प्राविधिक तयारी पूरा गरी जतिसक्दो छिटो धरहराको पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले धरहरासम्बन्धी ड्रइङ डिजाइनसहितका प्राविधिक पक्षका विषयमा छलफल चलिरहेको भन्दै यसको टुंगो लागेपछि धरहरा पुनःनिर्माणको प्रक्रिया अघि बढ्ने बताउनुभयो । 

धरहरा पुनःनिर्माणको प्राविधिक पक्षबारे विज्ञ सदस्यसहित छिट्टै अर्काे बैठकमा छलफल गर्ने सहमति भएको उहाँले सुनाउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ