२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा बाटो खुलेको बीस वर्षपछि स्तरोन्नति शुरु

२०७४, ४ चैत्र आईतवार ०६:५८

चैत ४, म्याग्दी | बाटो खुलेको २० वर्षपछि जलजला गाउँपालिकाको मोहनचोकदेखि मल्लाज जोड्ने सडक स्तरोन्नतिको काम शुरु भएको छ । 

बेनी–मालढुंगा सडकको मोहनचोक खण्डदेखि मल्लाजको कोटघर जोड्ने आठ किमी दूरीको सडक फराकिलो र नाली बनाउने काम शुरु भएको ४ नं वडाध्यक्ष भीष्म मल्लले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षमा उक्त योजनाका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको छ । हाल साढे तीन मिटर चाक्लो रहेको सडक कम्तीमा सात मिटर फराकिलो बनाउनाका साथै नालीसमेत निर्माण गरिने अध्यक्ष मल्लले बताउनुभयो । “ग्याबिन र पक्की पर्खाल निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो । उपभोक्ता समितिमार्फत दुई कार्यक्रमबाट सडक स्तरोन्नति आयोजना सञ्चालन हुनेछ । विसं २०५४ मा बाटो खुलेको मोहनचोक मल्लाज सडक सामान्य मर्मतका भरमा सञ्चालन हँुदै आएको थियो । 

सो आयोजनाबाट जलजला गाउँपालिका वडा नं १, २, ३, ४ र ५ नंमा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका साथै अन्नपूर्ण गाउँपालिका– ८ राम्चेका बासिन्दा लाभान्वित हुने उपभोक्ता समितिका सचिव नवीन जिसीले बताउनुभयो । 

यसैगरी जलजला– ४ को पाल्सिङदेखि खोलाखेत जोड्ने एक किमी १०० मि सडकको बाटो खोल्ने काम सकिएको छ । चार नं वडाकै फड्केढुंगा पिडाल्ना हँुदै लेकफाँट रात्माता जोड्ने सडकको अरजेटको भीरमा बाटो खन्ने काम भइरहेको छ । सो योजनाका लागि गाउँपालिकाले यस वर्ष रु ४५ लाख विनियोजन गरेको वडा सदस्य हरिबहादुर कार्कीले बताउनुभयो । 

जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले गाउँपालिकाले बजेट विनियोजन गरेका ३० मध्ये २९ योजनाको सम्झौता भइसकेको जानकारी दिनुभयो । आठ र ९ नं वडामै पुगेर योजना सम्झौता गरिएको जानकारी दिँदै उहाँले अन्य वडाका योजनासमेत कार्यान्वनको चरणमा रहेको बताउनुभयो । 

असी प्रतिशत योजना सम्झौता भएको छ । चालु आवमा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि करीव रु १२ करोड ९५ लाख बजेट विनियोजन भएकामा नौ महिनाका अवधिमा पूँजीगततर्फको ३५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो । 

बेनी अस्पतालको उपचार कक्ष भवन 

सदरमुकाममा रहेको बेनी अस्पतालमा करीव रु एक करोडको लागतमा २६ शय्या क्षमताको उपचार कक्ष भवन निर्माण भएको छ । स्वास्थ्य मन्त्रालय र अस्पताल विकास समितिको रु ८७ लाखको लागतमा अन्तरंग विभागको भवन निर्माण भएको हो । पचास शय्या क्षमताको नयाँ भवन निर्माणका लागि अस्पतालको अन्तरंग विभागको पुरानो भवन भत्काइएको थियो । 

अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले करीव छ महिनादेखि जनस्वास्थ्य कार्यालयको भूइँतलाबाट सञ्चालन हुदै आएको अन्तरंग विभागलाई शुक्रबारदेखि नयाँ भवनमा स्थानान्तरण गरिएको बताउनुभयो । 

मन्त्रालयको रु ७३ लाख र अस्पतालको रु १४ लाखको लगानीमा निर्माण भएको एक एकतले पक्की भवनमा २६ शय्या छन् । अन्तरंग, शल्यक्रिया, प्रसूति, गर्भपतन, सुत्केरी र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै कोठामा शय्याको व्यवस्था गरिएको अस्पतालका निमित्त प्रमुख डा विराट् शर्माले बताउनुभयो । 

नयाँ भवन बनेपछि काम गर्न सजिलो र बिरामीलाई सहज रुपमा उपचार सेवा दिन सकिने डा शर्माले बताउनुभयो । बेनी अस्पतालमा गत मंसिरदेखि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङमार्फत करीव रु १८ करोड ८४ लाखको लागतमा पचास शय्या क्षमताको भवन निर्माण शुरु भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार