२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अंकले घट्यो शेयर बजार

२०७४, ८ चैत्र बिहीबार १०:०४

चैत ८, काठमाडौँ | लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा आइपुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो । 

‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९९ बिन्दुले ओरालो लागेर २६०.४१ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको १० लाख ७७ हजार ७४९ कित्ता शेयर रु ४३ करोड ८२ लाख ५६ हजार १३४ मूल्यमा कारोबार भएको छ । स्टककाअनुसार नौवटै सूचक समेत ओरालो लाग्दा बजार प्रभावित भएको हो । 

आज बैंकिङ ३.९६, होटल ५९.४५, विकास बैंक १०.७९, जलविद्युत् २५.२४, फाइनान्स ०.८, बीमा १२०.७, उत्पादन ३३.०६, अन्य ५.२७ र माइक्रोफाइनान्स समूह १९.२५ बिन्दुले आरोलो लागेको छ । बुधबार पनि शेयर बजार २४.४० अंकले ओरालो लागेको थियो । 

आरम्भको शेयर सूचीकृत 

नेपाल स्टक एक्सचेन्जमा आरम्भ माइक्रो फाइनान्सको प्राथमिक शेयर सूचीकृत भएको छ । सो फाइनान्सको ६ लाख कित्ता शेयर सूचीकृत भएको स्टकले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से