४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्प पीडितलाई दोस्रो किस्ता दिने म्याद थपियो, गुनाशोमा परेकाहरुले कहिले पाउँछन अनुदान ?

२० चैत्र २०७४, मंगलवार ०८:२२

चैत २०, काठमाडौँ | भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान दिने म्याद तीन महिना थपिएको छ । यस अघि माघमा थपिएको म्याद चैत मशान्तमा सकिनै लाग्दा आवश्यकता हेरी प्राधिकरणले थप तीन महिनाको लागि म्याद थपेको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेसँगै भूकम्प पिडितले घर निर्माणको लागि थप समय पाएका हुन् । प्राधिकरणले सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएको भन्दै म्याद थप गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

बैठकमा समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्म सम्पूर्ण भूकम्पपीडितलार्इ अनुदान रकम उपलब्ध गराउन निर्देशन दिँदै त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । प्रधानमन्त्रीले अनुदान वितरणमा भएको बाधाहरु तत्काल फुकाइने बताए । बैठकले कार्यविधिलाई संशोधन गरेर अनुदान वितरण प्रक्रियालाई सहज बनाउने निर्णय समेत गरेको छ ।

प्राधिकरणका अनुसार चैत १४ गतेसम्मको विवरण अनुसार निजी आवास अनुदान वितरण तर्फ बिभिन्न ३२ जिल्लाका छ लाख ८९ हजार ९१२ घरले पहिलो किस्ता पाएका छन् भने दोश्रो किस्ता २ लाख ७९ हजार ३२५ घरले लिईसकेका छन् । त्यस्तै हालसम्म ६५ हजार ५०४ ले तेश्रो किस्ता पाएका छन् । प्राधिकारणको प्रतिवेदन अनुसार हालसम्म १ लाख १२ हजार ४५३ ले निर्माण कार्य सम्पन्न गरिसकेका छन् । 

गुनाशोमा परेकाहरुले कहिले पाउँछन अनुदान ?  

आधा भन्दा बढी भूकम्प पीडितले घर निर्माणको लागि दोश्रो किस्ताको लागि आवेदन दिईसकेको अवस्थामा २ लाख ३७ हजार ४११ गुनाशोमा थपिएका छन् । जसमध्य प्राधिकरणले १ लाख ९४ हजार १५५ गुनाशोमा परेकाहरुको फर्छ्यौट गरेको छ भने बाँकी गुनाशोमा परेकाहरुको छानविन स्थानीय तहदेखिनै छानविन भईरहेको र छिट्टै गुनाशोमा निवेदन परेकाहरुले पनि पहिलो किस्ता पाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसुदन अधिकारीले साझा सबाललाई बताए । उनले भने – 'गुनाशोमा परेकाहरुको स्थानीय तहदेखिनै छानविन गरेर गाउँपालिका हुँदै प्राधिकरणमा विवरणहरु आईरहेका छन् । विवरणको आधारमा अनुदान पाउँने नपाउने छुट्टयाई अनुदान स्वीकृत गर्ने काम भईरहेको छ । यदी वास्तविक पिडित हुन् भने गुनाशोमा परेका सबैले अनुदान पाउँछन् ।' उनले प्राधिकरणले स्थानीय तहले विवरण पठाएपछी त्यसैलाई आधार मानेर गुनाशोमा परेकाहरुलाई समेत अनुदान पठाइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता