२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्प पीडितलाई दोस्रो किस्ता दिने म्याद थपियो, गुनाशोमा परेकाहरुले कहिले पाउँछन अनुदान ?

२०७४, २० चैत्र मंगलवार ०८:२२

चैत २०, काठमाडौँ | भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान दिने म्याद तीन महिना थपिएको छ । यस अघि माघमा थपिएको म्याद चैत मशान्तमा सकिनै लाग्दा आवश्यकता हेरी प्राधिकरणले थप तीन महिनाको लागि म्याद थपेको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेसँगै भूकम्प पिडितले घर निर्माणको लागि थप समय पाएका हुन् । प्राधिकरणले सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएको भन्दै म्याद थप गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

बैठकमा समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्म सम्पूर्ण भूकम्पपीडितलार्इ अनुदान रकम उपलब्ध गराउन निर्देशन दिँदै त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । प्रधानमन्त्रीले अनुदान वितरणमा भएको बाधाहरु तत्काल फुकाइने बताए । बैठकले कार्यविधिलाई संशोधन गरेर अनुदान वितरण प्रक्रियालाई सहज बनाउने निर्णय समेत गरेको छ ।

प्राधिकरणका अनुसार चैत १४ गतेसम्मको विवरण अनुसार निजी आवास अनुदान वितरण तर्फ बिभिन्न ३२ जिल्लाका छ लाख ८९ हजार ९१२ घरले पहिलो किस्ता पाएका छन् भने दोश्रो किस्ता २ लाख ७९ हजार ३२५ घरले लिईसकेका छन् । त्यस्तै हालसम्म ६५ हजार ५०४ ले तेश्रो किस्ता पाएका छन् । प्राधिकारणको प्रतिवेदन अनुसार हालसम्म १ लाख १२ हजार ४५३ ले निर्माण कार्य सम्पन्न गरिसकेका छन् । 

गुनाशोमा परेकाहरुले कहिले पाउँछन अनुदान ?  

आधा भन्दा बढी भूकम्प पीडितले घर निर्माणको लागि दोश्रो किस्ताको लागि आवेदन दिईसकेको अवस्थामा २ लाख ३७ हजार ४११ गुनाशोमा थपिएका छन् । जसमध्य प्राधिकरणले १ लाख ९४ हजार १५५ गुनाशोमा परेकाहरुको फर्छ्यौट गरेको छ भने बाँकी गुनाशोमा परेकाहरुको छानविन स्थानीय तहदेखिनै छानविन भईरहेको र छिट्टै गुनाशोमा निवेदन परेकाहरुले पनि पहिलो किस्ता पाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसुदन अधिकारीले साझा सबाललाई बताए । उनले भने – 'गुनाशोमा परेकाहरुको स्थानीय तहदेखिनै छानविन गरेर गाउँपालिका हुँदै प्राधिकरणमा विवरणहरु आईरहेका छन् । विवरणको आधारमा अनुदान पाउँने नपाउने छुट्टयाई अनुदान स्वीकृत गर्ने काम भईरहेको छ । यदी वास्तविक पिडित हुन् भने गुनाशोमा परेका सबैले अनुदान पाउँछन् ।' उनले प्राधिकरणले स्थानीय तहले विवरण पठाएपछी त्यसैलाई आधार मानेर गुनाशोमा परेकाहरुलाई समेत अनुदान पठाइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से