४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समृद्ध अर्थतन्त्र निर्माणमा सहकारीको योगदान

२० चैत्र २०७४, मंगलवार १२:०२

चैत २०, काठमाडौँ | समृद्ध अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको सरोकारवालाले बताएका छन् । 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ६१ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा ‘सहकारीमार्फत आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण’ विषयक अन्तक्र्रिया तथा पुरस्कार वितरण कार्यक्रमका वक्ताले सो कुराको जानकारी दिंदै प्रशस्त सम्भावना भए पनि यत्सको सहीरुपमा उपयोग गर्न नसक्दा मुलुकको विकास हुननसकेको बताएका हुन् । 

कृषि,भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि र सहकारीलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा मुलुकले आर्थिक विकास गर्न नसकेको बताउनुभयो । 

उहाँले सहकारीमार्फत किसानको जीवनस्तरमा सुधार ल्याउनुका साथै बेरोजगारलाई रोजगारी दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ३०४ अर्ब बचत रहेको सहकारी क्षेत्रलाई बाहिर राखेर मुलुकको विकास सम्भव नभएको भन्दै सरकार र सहकारी हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले स्थिर सरकारसँगै मुलुकमा लगानीको वातावरण बन्दै गएको छ भन्दै आर्थिक उपार्जनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा सहभागीले छरिएर रहेको श्रम, सीप र पुँजीलाई एकीकृत गर्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै सहकारी सञ्चालनमा सहज वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए । विसं २०१३ मा चितवनबाट ‘बखान सहकारी संस्था’ को नाममा शुरु भएको सहकारी हाल ३४ हजार ५१२ वटा पुगिसकेको छ । 

दुई सहकारी र दुई व्यक्ति पुरस्कृत 

मन्त्रालयले यस वर्षको सहकारी पुरस्कार महारानीझोडा साना किसान कृषि सहकारी संस्था झापा र जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीलाई प्रदान गरेको छ । 

मन्त्रालयले महारानीझोडा सहकारीका अध्यक्ष मीनाकुमारी ढकाल र जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौडेललाई रु एक लाख ५० हजार नगद, दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरेको हो । 

यसैगरी यो वर्षको व्यक्ति पुरस्कार केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका पूर्व प्राचार्य सूर्यरत्न शाक्य र नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संस्था (नेफस्कुन)का पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङलाई प्रदान गरेको छ । पुरस्कार राशि रु एक लाख र सम्मानपत्र रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता